२० मंसिर २०८२, शनिबार
,
Latest
यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचौं दिन ‘सलार’को आम्दानी ५० प्रतिशतले घट्यो



अ+ अ-

एजेन्सी । साउथ सुपरस्टार प्रभासको फिल्म ‘सलार’को कमाई पाँचौं दिनमा ५० प्रतिशतले घटेको छ । जहाँ सोमबार यो फिल्मले ४६ करोड कमाएको थियो । जहाँ मंगलबार मात्र २३ करोड ५० लाखको व्यापार गर्न सकेको छ ।

योसँगै फिल्मको कुल भारतीय बक्स अफिस कलेक्सन २७८ करोड ९० लाख पुगेको छ ।

अर्कोतर्फ शाहरुख खानको फिल्म ‘डंकी’को छैटौं दिनको कमाईमा पनि गिरावट आएको छ । फिल्मले सोमबार २४ करोड ३२ लाखको व्यापार गरेको थियो । जहाँ मंगलबार मात्रै १० करोड २५ लाख कमाएको छ ।

अहिले डंकीले भारतभर १४० करोड २० लाख कमाइसकेको छ । सलारको एक दिन अघि डिसेम्बर २१ मा ‘डंकी’ रिलिज भएको थियो ।

दुबै फिल्मको ग्लोबल बक्स अफिस कलेक्शनको कुरा गर्दा सलारले ५ दिनमा करिब ५०० करोडको व्यापार गरेको छ । ‘डंकी’को विश्वव्यापी कलेक्सन करिब ३०० करोड रुपैयाँ पुगेको छ ।