१० भाद्र २०८३, बुधबार
,
Latest
रसुवाका जलविद्युत् तथा विद्युत् संरचनामा बाढीको क्षति, आपूर्ति अवरुद्ध लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोको भूमिका विश्वमै अनुकरणीय : राष्ट्रपति भोटेकोसी बाढीःखोेज तथा उद्धारका लागि सैन्य टोली परिचालन भोटेकोशी, त्रिशूली र नारायणी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह बाढीले त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा ठूलो क्षति रसुवा बाढी : उद्धार र जीवनरक्षालाई पहिलो प्राथमिकता दिन सभापति लामिछानेको आग्रह भोटेकोशी बाढीः त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित भोटेकोशी बाढीपछि त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन रास्वपाको आह्वान रसुवामा बाढीपछि १९ प्रहरी सम्पर्कविहीन, उद्धारमा सुरक्षा निकाय परिचालन टिमुरेमा बाढी, तिब्बतमा हिमताल विस्फोट भएको आशंका
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाँचौं दिन ‘सलार’को आम्दानी ५० प्रतिशतले घट्यो



अ+ अ-

एजेन्सी । साउथ सुपरस्टार प्रभासको फिल्म ‘सलार’को कमाई पाँचौं दिनमा ५० प्रतिशतले घटेको छ । जहाँ सोमबार यो फिल्मले ४६ करोड कमाएको थियो । जहाँ मंगलबार मात्र २३ करोड ५० लाखको व्यापार गर्न सकेको छ ।

योसँगै फिल्मको कुल भारतीय बक्स अफिस कलेक्सन २७८ करोड ९० लाख पुगेको छ ।

अर्कोतर्फ शाहरुख खानको फिल्म ‘डंकी’को छैटौं दिनको कमाईमा पनि गिरावट आएको छ । फिल्मले सोमबार २४ करोड ३२ लाखको व्यापार गरेको थियो । जहाँ मंगलबार मात्रै १० करोड २५ लाख कमाएको छ ।

अहिले डंकीले भारतभर १४० करोड २० लाख कमाइसकेको छ । सलारको एक दिन अघि डिसेम्बर २१ मा ‘डंकी’ रिलिज भएको थियो ।

दुबै फिल्मको ग्लोबल बक्स अफिस कलेक्शनको कुरा गर्दा सलारले ५ दिनमा करिब ५०० करोडको व्यापार गरेको छ । ‘डंकी’को विश्वव्यापी कलेक्सन करिब ३०० करोड रुपैयाँ पुगेको छ ।