१७ भाद्र २०८३, बुधबार
,
Latest
भाइको प्रतीक्षामा रामकुमार  कर्मचारी सञ्चय कोषद्वारा बाढीपीडितका लागि दुई करोड ५० लाख सहयोग डोल्पा तीन स्थानीय तहद्वारा पाँच लाख सहयोग भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले जनधनको ठूलो क्षतिः धुन्चेस्थित सैनिक क्याम्पमा उद्धार र राहत… जीवन परिवर्तनमा योगको असाधारण भूमिका छः मुख्यमन्त्री भट्ट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रेवानद्वारा १२ लाख २७ हजार सहयोग भोटेकोशी बाढीः विश्वसामु जलवायु न्यायको दाबी गर्न विज्ञहरुको सरकारलाई सुझाव, प्रधानमन्त्रीले स्थितिबारे जानकारी गराउनुपर्ने माग बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द आकस्मिक बाढीको उच्च जोखिम रसुवा बाढी र प्राकृतिक विपद्को पछिल्लो अवस्थाः मृतकको संख्या १११४ पुग्यो, करिव ४ हजार अझै…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोर्चाको बैठकमा विप्लवको असन्तुष्टि: सहमति र घेराबन्दीको दोहोरो चरित्र चल्दैन



अ+ अ-

काठमाडौँ । बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको बैठक सकिएको छ । बैठक पुन: आजै साँझ ६ बजे बस्ने गरी सकिएको नेकपाका महासचिव नेत्रविक्रम चन्दले जानकारी दिए ।

बैठकमा पुष्पकमल दाहाल नेतृत्वको सरकारको एक वर्षको सामान्य समीक्षा भएको र विप्लवसहितका नेताविरुद्ध जारी पक्राउ पुर्जीबारे छलफल भएको छ ।

विप्लवले अदालतको पूर्जी र सरकारसँग भएको सहमतिका विषयमा ध्यानाकर्षण गराइएको बताए । सरकारले सहमति र घेराबन्दी गर्ने चित्र देखाएको आरोप लगाउदै उनले भने, ‘सरकारका कामहरूको बारेमा छलफल सुरु भएको छ । पक्राउ पुर्जीबारे पनि छलफल सुरु भएको छ । सरकार सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् तर यो चल्दैन ।’