१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता News Polar खोलाले बगाएर महिलाको मृत्यु News Polar बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित News Polar बाढीपीडितलाई मुस्लिम मोर्चाद्धारा ग्यास चुल्हो, सिलिन्डरसहित राहत सामाग्री वितरण News Polar ३९ वर्षीय वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँ पटक जिब्रो छेडेर जात्रा मनाउँदै News Polar भन्सार अधिकृत भट्टलाई विभागमा हाजिर हुन पत्राचार News Polar पहिरोका कारण सोलुखुम्बु-काठमाडौँ आवागमन बन्द News Polar अविरल वर्षाले जनजीवन प्रभावितः ग्रामीण क्षेत्रमा यातायात ठप्प News Polar विदेशमा रहेका नेपालीका मताधिकारबारे परामर्शमा आयोग News Polar चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नेपाल सुपर लिग: ललितपुर सिटी दोस्रो क्वालिफायरमा

नेपाल सुपर लिग: ललितपुर सिटी दोस्रो क्वालिफायरमा
अ अ+ अ-

काठमाडौं: ललितपुर सिटी मंगलबार डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि ३–० को रबाफिलो जितसहित नेपाल सुपर लिग(एनएसएल) को दोस्रो क्वालिफायरमा पुगेको छ ।

दशरथ रंगशालामा भएको इलिमिनेटरको प्रतिष्पर्धामा ललितपुर सिटीले लिग चरणको अन्तिम खेलमा बेहोरेको हारको बदला लिँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । लिग चरणमा काठमाडौं रेजर्सले ललितपुर सिटीलाई १–० ले हराउँदै क्लालिफायरमा स्थान बनाएको थियो । मंगलवार हारको बदला लिने क्रममा ललितपुर सिटी काठमाडौं रेजर्समाथि पूर्ण रूपमा हाबी भयो । कप्तान तथा डिफेन्डर अञ्जन राईले रातो कार्ड सामना गरेपछि काठमाडौं रेजर्सले अन्तिम १६ मिनेटसम्म एक खेलाडीबिना नै खेल्यो । तर, थप गोल भने नबेहोरे पनि ललितपुर सिटीलाई ३–० ले नतिजा सुम्पिन बाध्य भयो ।

अब ललितपुर सिटीले अब बिहीबार दोस्रो क्वालिफायरमा पोखरा थन्डर्ससँग खेल्नेछ । पोखरा थन्डर्सले पहिलो क्वालिफायरमा धनगढी एफसीसँग हार व्यहोरेको थियो । त्यसअघि दिनेश हेन्जनले १५औं मिनेटमा गोल गर्ने सुन्दर अवसर गुमाउँदा ललितपुर सिटी खेलमा अग्रता बनाउन चुक्यो । इमोन इजेकिलले काठमाडौं रेजर्सका डिफेन्डरलाई बिट गराउँदै दिएको पासमा अनमार्क दिनेश सहज गोल गर्न असफल भएका हुन् ।

ललितपुर सिटीले ३६ औं मिनेटमा इजेकिलको गोलबाट अग्रता लियो । दुई मिनेटपछि नै काठमाडौं रेजर्सका सोखरुखको फ्रिकिक प्रहार ललितपुर सिटीका गोलकिपर जेफ्री विली मार्सलका लागि चुनौति भएन । ४३औं मिनेटमा आदित्य शाक्यले लेफ्ट साइडबाट गरेको सट काठमाडौं रेजर्सका गोलकिपर अन्जल श्रेष्ठले पन्च गर्दै बाहिर पठाइदिए । सोही क्रममा प्राप्त कर्नरबाट ललितपुर सिटी खेलमा फर्कियो । ललितपुर सिटीले पापा केबेको गोलबाट अग्रता दोब्बर पारे ।

कर्नरबाट प्राप्त बललाई ललितपुर सिटीका कप्तान अनन्त तामाङको हेडर काठमाडौं रेजर्सका कुलदीप कार्कीले हेडमार्पmत क्लियर गरे पनि माथिल्लो बारमा डिफ्लेक्ट बललाई पापाले गोल गरेका हुन् । पहिलो हाफको थप समयमा इजेकिलले अग्रता ३–० ले बढाउने अवसर गुमाए । त्यससँगै पहिलो हाफमा ललितपुर सिटी २–० ले अगाडि रह्यो । दोस्रो हाफको शुरुवातीमा इजेकिलले गोल गर्दै अग्रता बढाए । ५३औं मिनेटमा निखिल कदमको फ्रिकिकमा इजेकिलले हेडरमार्पmत सुन्दर गोल गरे ।

एक मिनेटपछि नै काठमाडौं रेजर्सको काउन्टर अट्याकमा एनकेङग्यु जुनियरले पेनाल्टी क्षेत्रबाट गरेको सट सञ्जीत राईको खुट्टामा ठोकिएर बाहिरिन पुग्यो । ६२औं मिनेटमा सोखरुखको फ्रिकिक बारभन्दा केही माथिबाट बाहिरिपछि काठमाडौं रेजर्सको खेलमा फर्कने प्रयास सफल भएन । तीन गोलले पछि परेको काठमाडौं रेजर्स एक पछि अर्को सामना गर्नुपर्‍यो । ७४औं मिनेटमा कप्तान अन्जन राई दोस्रो पहेंलो कार्ड बेहोर्दै बाहिरिएपछि काठमाडौं रेजर्सका थप दबाबमा रह्यो ।

ललितपुर सिटीका पापाको ८३औं मिनेमा पेनाल्टी बक्स बाहिरबाट गरेको सट काठमाडौं रेजर्सका गोलकिपर अन्जलले सहजै रोके । इन्जुरी समयको पहिलो मिनेटमा पापाले पेनाल्टी बक्सबाट गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । उनको प्रहार दोस्रो बार हुँदै बाहिरिन पुग्यो । अन्तिम समयमा काठमाडौं रेजर्सका गणेश हमाल लतिलपुर सिटीका विशाल सुनारसँग वान भर्सेस वानमा गोल गर्न चुके । सोखरुखले ललितपुरका डिफेन्डरलाई बिट गर्दै उपलब्ध गराएको पासमा उनी करिब १० यार्डबाट गोल गर्न असफल रहे । त्यससँगै ललितपुर सिटीले डिफेन्डिङ च्याम्पियन काठमाडौं रेजर्समाथि ३–० को सहज जित निकाल्यो ।