१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar खोलाले बगाउँदा  एक जनाको मृत्यु News Polar एसडीजी लक्ष्य प्राप्तिमा ‘ग्लोवल डेभलपमेण्ट इनिसिएटिभ’ प्रभावकारी हुने परराष्ट्रमन्त्री खनालको विश्वास News Polar नेपाल समूहविजेता, श्रीलंकासँग क्वार्टरफाइनल खेल्ने News Polar टर्कीको रक्षा महत्त्वाकांक्षाः आगामी १० वर्षभित्र १ करोड ड्रोन उत्पादन गर्ने लक्ष्य News Polar भोटेकोशी बाढीः पाँच हजार २८५ जना सम्पर्कविहीन News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक

प्रतिनिधि सभाको बैठकमा कुन सांसदले के भने ? (भिडियो सहित)

प्रतिनिधि सभाको बैठकमा कुन सांसदले के भने ? (भिडियो सहित)
अ अ+ अ-

काठमाडौं । प्रतिनिधि सभाको मंगलबारको बैठकको शुन्य समयमा बोल्दै सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठक प्रारम्भ हुनासाथ सभामुखसँग समय मागेर बोल्दै सांसद दिलेन्द्र प्रसाद बडुले दार्चुला जिल्लाको महाकाली नगरपालिका वडा नं. ५ गल्फाइँ गाउँको पारिपट्टी भारत सरकारले तीन महिनादेखि नेपाल सरकारको सहमती र जानकारी बिना नै एकतर्फी ढंगले नेपाली भूमि मिचेर तटबन्ध निर्माण गरीरहेकाले तटबन्ध निर्माण कार्य तत्काल रोक्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।

शुन्य समयमा बोल्दै सांसद अन्जना विसंखेले कोभिड–१९ भाइरसले नयाँ रुपमा जन्म लिएको भन्दै स्वास्थ्य मन्त्रालयले कर्मचारीको व्यवस्थापन र जनताको विषयलाई गम्भिरतापूर्वक लिनुपर्नेमा ध्यानाकर्षण गराउनुभयो ।

सांसद अमनलाल मोदीले कोभिड–१९ को महामारी पछि सरकारले देश विदेशमा रोजगार गुमेका मजदुरहरुलाई रोजगारी दिन नसकेको बताउनुभयो । उहाँले मलको अभाव भएको पनि बताउनुभयो । संसद पुर्नस्थापनापछि बिजनेस नदिएर सरकारले संसदलाई गतिहिन बनाएको पनि सांसद मोदीले बताउनुभयो ।

सांसद आशाकुमारी वि.क. ले बझाङको दुर्गम साहिपाल गाउँपालिकाका जनप्रतिनिधि प्रत्येक वर्ष चामल माग्न सिंहदरबार धाइरहेका भएपनि समस्या समाधान नभएको बताउनुभयो । त्यहाँको खाद्य समस्या समाधानका लागि स्थायी खाद्य डिपो सञ्चालन गर्नु जरुरी रहेको बताउनुभयो ।

सांसद इन्दुकुमारी शर्माले महोत्तरीमा फागुन १० गते ६५ वर्षिय मुसाफिर झा र उनकी पत्नी गितादेवी झाको आफ्नै निवासमा सुतिरहेको अवस्थामा बेड, विछ्यौनासहित रहस्यमय तरिकाले अपहरण गरी बेपत्ता पारिएको घटनाको दोषि पत्ता लगाउन प्रहरी प्रशासनले हालसम्म नसकेको भन्दै दोषि पत्ता लगाई दोषि उपर कानूनी कारबाही गर्न माग गर्नुभयो ।

सांसद उमा रेग्मीले महिलाहरुको हत्या, हिंसा र बलात्कारको घटनाको बिगविगि रहेको भएपनि यस विषय सरकारको प्राथमिकतामा किन परेको भनि प्रश्न गर्नुभयो । यस विषयमा सरकार गम्भिर नबनेको बताउनुभयो । हत्या, हिंसा तथा बलात्कारका अपराधिहरुलाई कडा भन्दा कडा कारबाही गर्न माग समेत गर्नुभयो ।

सांसद एकवाल मियाँले बारा जिल्लाबाट बिरगञ्जसम्म पुग्ने हाइटेन्शन लाइनको बिचमा २५÷३० वटा गाउँ परेकाले जनताहरु त्रासमा रहेकोले हाइटेन्शन लाइनको व्यवस्थापनका लागि सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण गराउनु भयो ।

सांसद कुमारी तुलसी थापाले बर्दियामा आरक्षणमा हुर्किरहेका पाटे बाघले आतंक मच्चाएको र हालसम्म ९ जनाको ज्यान गइसकेको अवस्थामा सरकारले जनताको सुरक्षा गर्न कुनै उपाय नअपनाएको बताउनुभयो । उहाँले बर्दियाको नेपाल–भारत सिमानामा व्यापक तस्करी भइरहेको र नेपाल भारत सिमानामा नेपाली भूमि अतिक्रमण भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद कृष्णप्रसाद दाहालले नेपालका गरिब जनतालाई लगानी गर्नको निम्ति प्राथमिकता क्षेत्र कर्जा निर्धारण गरेर तोकिएका ठाउँमा प्रतिशत तोकेर सरकारले कर्जा दिने कुरा ल्याएकोमा त्यसको स्वागत गर्नुभयो । सो कर्जा बिना धितो दिनेगरी उच्चस्तरीय कानूनी संरचना बनाएर सबै प्राथमिकताका क्षेत्रमा पर्ने कर्जा जति एकै ठाउँमा जम्मा गरेर सो कर्जा सर्वसुलभ ढंगले जनताले प्राप्त गर्न सक्ने स्थिति बनाउनको निम्ति सरकारसँग माग गर्नुभयो ।

सांसद कृष्णभक्त पोखरेलले सरकारले दुर्लभ वन्यजन्तु एकसिंगे गैँडाको गणना शुरु गरेकोमा स्वागत गर्नुभयो । घासे मैदान, वासस्थान, ताल तलैयाको अभाव, चोरी, सिकारी आदिका कारण सङ्कटमा पर्दै गएका प्रकृतिका अमुल्य निधिहरुको रक्षा गर्नु सबैको दायित्व भएको भन्दै उहाँले एकसिंगे गैडाको संरक्षणका लागि रणनीतिक योजना बनाइ सरकारले कार्यान्वयनमा ल्याउनुपर्ने बताउनुभयो ।

सांसद केदार सिग्देलले छिमेकी देश भारतमा फेरी दोस्रो चरणको कोभिड–१९ महामारी शुरु भएको भन्दै नेपालमा यसको प्रभावकारी रोकथाम र उपचारका लागि यथाशिघ्र कदम चाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सम्बद्ध पक्षसँग माग गर्नुभयो ।

सांसद खगराज अधिकारीले सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने, अविश्वासको प्रस्ताव ल्याउन फेल हुन्छ भनेर डराउने अनि प्रधानमन्त्रीलाई नैतिकता सिकाउने भनेर प्रश्न गर्नुभयो । ठाउँठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने गरेको भएपनि नेकपा एमाले देखि सातो गएको उहाँको भनाई छ ।लोकतन्त्रको कुरा गरेपनि चुनावमा जान डराएको पनि उहाँले बताउनुभयो । आफै भत्ता बढाउन माग गर्नेहरुले प्रधानमन्त्री समर्थक सांसदले माग गरेको भनेर प्रचार गरिएको उहाँको भनाई छ ।

सांसद खेम प्रसाद लोहनीले मध्यपहाडी लोकमार्ग अन्र्तगत धादिङ जिल्लामा पर्ने सडक निर्माण कार्य रोकिएकोले तत्काल शुरु गर्न माग गर्नुभयो ।

सांसद गगन कुमार थापाले संसदलाई कामबिहिन बनाउने प्रपञ्च गरिएको बनाउनुभयो । प्रधानमन्त्री ओली पदमा रहुञ्जेल संसदलाई तिरस्कार गरिरहने उहाँको भनाई छ । संसदलाई तिरस्कार गरेर जनताको अपमान गरिएको भन्दै उहाँले संसदको गरिमा कायम राख्नका निम्ति आफुहरु लडिरहने बताउनुभयो । प्रधानमन्त्री ओलीले गरेको संसदको अपमानको बदला जनताले लिने उहाँको भनाई छ ।

सांसद गजेन्द्रबहादुर महतले कर्णालीमा अझैपनि बिजुली बत्ति नपुगेर अध्यारै रहेको भएपनि देशलाई अल्पविकसितबाट बिकसितमा पुगेको भनिएकोमा असन्तुष्टि व्यक्त गर्नुभयो । सो प्रमाणपत्र नेपाललाई कसले दिएको हो कर्णालीको जनतालाई चासोको विषय भएको बताउनुभयो ।

सांसद गंगा चौधरी सत्गौवाले सरकारले गरेको कामको आफ्नै पार्टीले उचित प्रचार नगरेको बताउनुभयो । आफ्नै पार्टी भित्रबाट हलो अड्काउने अनि गोरु चुट्ने काम भएको टिप्पणी गर्नुभयो ।

सांसद घनश्याम खतिवडाले सरकारले अगाडी सारेका कामहरु ठेकेदारको लापरबाहीका कारण सम्पन्न हुन नसकेको तर्फ ध्यानाकर्षण गराउनुभयो । मोरङमा पनि विकास निर्माणको काममा ठेक्का लागेको भएपनि ठेकेदारको लापरबाहीका कारण काम नभएको बताउनुभयो ।

सांसद चाँद तारा कुमारीले तराई क्षेत्रमा कोरोना संक्रमण बढीरहेकोले तराई क्षेत्रमा कोरोना भाइरस विरुद्धको भ्याक्सिन बढाउन माग गर्नुभयो । उहाँले धर्म निरपेक्षताको अनुभव मुस्लिम समुदायले पाउन नसकेको पनि बताउनुभयो ।

सांसद जिपछिरिङ लामाले दार्चुलाको जमिन भारतमा प¥यो भनेर नक्सा सार्वजनिक गरेको भएपनि जमिन फिर्ता नआएकाले जमिन कहिले फिर्ता आउँछ भनेर प्रश्न गर्नुभयो । जग्गा अर्को देशमा हामी चाहीँ लोगो मात्रै लगाएर हिड्ने कि जमिन कहिले फिर्ता आउँछ भन्ने प्रश्न गर्नुभयो ।

सांसद जीवनराम श्रेष्ठले काठमाडौँ जिल्लामा सडक विस्तारको नाममा डोजर आतंक भएकाले तत्काल रोक्न माग गर्नुभयो । सडक विकासका आयोजनालाई रिभ्यु गर्नुपर्ने पनि उहाँको माग छ ।

सांसद झपटबहादुर रावलले संसद पुर्नस्थापना पछि दल विभाजन गर्ने गतिविधि भएको बताउनुभयो । संविधानको रक्षाको निम्ति सबैलाई हौसला प्राप्त हुनुपर्नेमा जोड दिनुभयो ।