२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम News Polar कांग्रेस महाधिवेशनः उपसभापति र महामन्त्रीको मतगणना शुरू News Polar झिलिमिली बत्तीले सिंगारियो मैतीदेवी मन्दिर परिसर-फोटो फिचर News Polar निसीखोलामा बाढीपहिरोबाट १० करोडको क्षति News Polar प्यालेस्टिनी संसदीय निर्वाचन स्थगित, सन् २०२७ सेप्टेम्बरसम्ममा गरिने News Polar ट्रम्प–पुटिन डिजेल सम्झौताको भोलिपल्टै युक्रेनमा रुसी आक्रमण, आठ जनाको मृत्यु News Polar वातावरणीय संकटप्रति विश्व र नेपालका नेताहरू गम्भीर भएनन्ः पूर्वराष्ट्रपति डा. यादव News Polar कोशी प्रदेशसभाको चालु अधिवेशन अन्त्य News Polar सरकारी सफ्टवेयर र हार्डवेयर खरिद सम्बन्धी अध्ययन गर्न समिति गठन News Polar पहिरोका कारण महभिर गाउँ विस्थापित News Polar पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला News Polar सोह्र श्राद्धको अन्तिम दिन पशुपतिमा श्राद्ध तथा पिण्डदान

११ जना जात्रालुको ज्यान गएको ‘नगरकोट हत्याकाण्ड’ को १८ वर्ष

११ जना जात्रालुको ज्यान गएको ‘नगरकोट हत्याकाण्ड’ को १८ वर्ष
अ अ+ अ-

भक्तपुर। मन्दीरमा जात्रा मनाउन आएका जात्रालुसंग सामान्य भनाभनबाट शुरु भएको झगडाले उग्ररुप लिँदा ११ जना सर्वसाधारणको विभत्स हत्या भएको ‘नगरकोट हत्याकाण्ड’ आज १८ वर्ष भयो ।

धार्मिक जात्रामा सहभागी भएकामाथि गरिएको हत्याकाण्डको योमरी पुर्णिमाको रातलाई नगरकोटको लागि मात्रै नभई भक्तपुर र नेपालकै लागि कालो रातको रुपमा लिने गरिन्छ ।

२०६२ को मंसीर पुर्णिमा अर्थात आजकै दिन पर्यटकिय क्षेत्र नगरकोट नजिक चिहाँनडाँडास्थित कालीदेवी भगवती मन्दीरमा भएको मंसीरे पुर्णिमा जात्रामा भेला भएका जात्रालुमाथि नगरकोट सैनिक ब्यारेकका सिपाही बासुदेव थापाले अन्धाधुन्द चलाएको गोली लागेर ११ जना जात्रालुको मृत्यु भएको थियो ।

परम्परादेखि नै सो मन्दीरमा हरेक वर्षको योमरी पुर्णिमाको रातभरी जात्रा हुने हुँदा जात्रा मनाउन नगरकोट र काभ्रे आसपासका अधिकाँश तामाङ्ग समुदाय भेला भएर रमाइलोसंग जात्रा मनाउने गर्थे ।

२०६२ साल मंसीर २९ गते परेको योमरी पुर्णिमाको रातमा पनि पुर्णिमा जात्रा चलिरहेको थियो । जात्रामा नगरकोट, तेलकोट, बागेश्वरी, नाल्दुम क्षेत्रका तामाङ्ग समुदायका किशोर किशोरी, युवायुवतीदेखि केटाकेटी र बुढाबुढी भेला भएका थिए ।

उता नगरकोट ब्यारेकबाट सरुवा भई भोलिपल्टदेखि नुवाकोटको सैनिक ब्यारेकमा हाजीर हुन जाने तयारीमा रहेका सैनिक जवान बासुदेव थापा पनि सो जात्रा हेर्न साँझपख उक्त मन्दीरमा पुगेका थिए ।

नगरकोट ब्यारेकमा कार्यरत रहँदादेखि स्थानीय युवतीहरुको विषयलाई लिएर स्थानीय तामाङ्ग युवाहरुसंग रीसइवि राखेका सैनिक जवान थापाले जात्राको साँझ पनि सोही विषयमा युवायुवतीसंग निहुँ खोजेका थिए ।

जात्रामा सहभागी युवाहरुसंग सैनिक थापाको भनाभन भएर हात हालाहाल भएपछि आक्रोशित भएका उनी नगरकोट सैनिक ब्यारेकमा फर्केर एसएलआर बन्दुक लिएर जात्रास्थलमा राती फेरी गएका थिए ।

राती अवेर कालीदेवी मन्दीरमा बन्दुकसहित पुगेका थापाले मन्दीरमा जात्रा मनाईरहेका ५ वर्षे वालकदेखि बुढाबुढी सबैमाथि अन्धाधुन्द गोली चलाउँदा ११ जना जात्रालुको अकालमा मृत्यु भएको थियो ।

घटनामा ५ वर्षे दिपक तामाङ्ग, ११ वर्षे दमाइ सिंह तामाङ्गदेखि ४० वर्षे रामलाल नगरकोटी र उनकी १९ वर्षिया छोरी नानी नगरकोटी, चोलाकान्त पन्त, सुजन श्रेष्ठ, आइते तामाङ्ग, भगवान तामाङ्ग, काले तामाङ्ग, माया तामाङ्ग र निरु तामाङ्गको मृत्यु भएको थियो ।

घटनामा परि १९ जना घाइते भएका थिए । उनीहरुको टाउको, छाती तिघ्रा र शरीरका विभिन्न भागमा गोली लागेको थियो ।

मृतकको परिवारलाई तत्कालिन सरकार, नेपाली सेना, जिल्ला विकास समिति र नगरकोट गाविसबाट राहत र क्षतिपुर्ति र राहतको साथै घाइतेको उपचारको लागि विभिन्न सामाजिक संस्था र चन्दा संकलन गरि सहयोग गरिएको चाँगुनारायण नगरपालिका वडा नं ६ (नगरकोट) का अध्यक्ष धनबहादुर लामा बताउँछन् । लामा त्यसबेला राष्ट्रिय प्रजातन्त्र पार्टीका नगरकोटका सदस्य थिए ।

घाइते १९ जना मध्ये विरामी भएर जगतबहादुर तामाङ्गको मृत्यु भएतापनि बाँकी १८ जना घाइते आवश्यक स्वास्थ्य उपचारपछि आफ्नो जीवनयापन गरिरहेका छन् ।

हत्याकाण्डको घटनापछि आरोपी सैनिक थापाले ११ जनाको हत्यापछि सोही बन्दुकबाट आफैंले आफैंलाई गोली हानी ‘आत्महत्या’ गरेको भनेर नेपाली सेनाले छानविन प्रतिवेदन सार्वजनिक गरेको थियो । तथापि घटनाले उग्ररुप लिएको कारण पछि नगरकोट सैनिक ब्यारेकबाट आएका नेपाली सेनाले थापामाथि गोली हानेर मारेको बताइन्छ ।

ड्युटीमा नरहेका , अन्यत्र सरुवा भई रवाना बुझिसकेका सैनिक जवानले घटनामा प्रयोग गरिएको एसएलआर बन्दुक र तयसमा लोड गरिएको गोली कसरी पाए, अनि त्यति लामो बन्दुकबाट उनी आफुले आफैंलाई कसरी छातीमा गोली हानेर आत्महत्या गरे ? यी दुबै कुरा घटनाको १८ वर्षसम्म पनि रहस्यमै छ ।