२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शिर्ष नेताहरुको छलफलमा के भयो ?



अ+ अ-

काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शिर्ष नेताहरु सकारात्मक देखिएका छन् ।

सरकार पीडित केन्द्रित कानून बनाउने कुरामा सरकार तयार भएकाले शिर्ष नेताहरुबीच टिआरसी विधेयक टुंग्याउनेतर्फ सकारात्मक देखिएका हुन् । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेकपा एमालेका सचेतक महेश बर्तौलाले नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरुको छलफल भएको र पीडितमैत्री कानून बनाउने हो भने तत्काल प्रक्रिया अघि बढ्ने बताउनु भयो ।

उहाँले भिक्टिमले न्याय पाएको अनुभुति गर्नेगरी कानून बन्ने सहमति शिर्ष नेताहरुमा जुटेको र आउँदो हिउँदे अधिवेशनमा टिआरसी विधेयक संसदमा प्रश्तुत हुने बताउनु भयो । उहाँले सरकार पीडितमैत्री कानून बनाउन सकारात्मक भएकाले आउँदो अधिवेशनमा विधेयक प्रश्तुत गर्ने सहमति करिव करिव जुटेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियालाई टुंगोमा पुर्‍याउन कसरी अघि बढ्न सकिन्छ भनेर विशेष गरी तीन दल नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) बीचका नेताहरुको छलफल भयो । पीडितमैत्री कानून बनाउने हो भने तत्काल अघि बढोस् । आउँदो हिउँदे अधिवेशनमा भिक्टिमले न्याय पाएको अनुभुति गर्नेगरी कानून बन्ने हो भने नेकपा एमाले यही कुरा भनिरहेका छौँ । सरल ढंगले अघि बढ्छ । सकारात्मक निस्कर्ष भनेको आगामी संसदको अधिवेशन विषय लैजाने र केही दिनमा पुन: शिर्ष नेताहरुको छलफल हुने भन्ने निस्कर्ष छ । विषय खुलेको छ । भिक्टिम सेन्ट्रिक कानून बनाउने कुरामा सरकार तयार छ, सकारात्मक ढंगबाट अघि बढ्ने अवस्था देखिएको छ ।’

सचेतक बर्तौलाले आउने संसदमा विधेयक प्रश्तुत गर्नका लागि शिर्ष नेताहरु एकजुट भइ संवादमार्फत विषय टुंग्याउनु राम्रो कुरा भएको बताउनु भयो ।