११ असार २०८३, बिहीबार
,
Latest
राष्ट्रपतिबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक प्रमाणीकरण महिलालाई पर्यटकीय सवारी चालक बनाउने अभियान, ३८ सहभागीलाई ३० दिने तालिम कक्षा १२ को नतिजा विवादबारे छानबिन गर्न समिति गठन ओमानमा नेपाल–ओमान आर्थिक सहकार्य प्रवर्द्धन कार्यक्रम आयोजना भाेलिदेखि केपीएल कप अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता, एक्सन स्पोर्ट्स एचडीमा प्रत्यक्ष प्रसारण केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गर्ने कर्णाली प्रदेशसभा बैठक स्थगित नेप्से परिसूचक ८.५० अङ्कले घट्यो नागरिक लगानी कोष र तामाकोशी गाउँपालिकाबीच नागरिक पेन्सन योजना सञ्चालन सम्झौता जेल सुधारका लागि नयाँ विधेयक, विद्युतीय निगरानीमा घरमै कैद भुक्तान गर्न सकिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय सैनिकको गोलीबाट घाइते जवानले ओलम्पिक टर्च बोके, अमेरिकाको आपत्ति



अ+ अ-

बेइजिङ । चीनले शीतकालीन ओलम्पिक २०२२ को बहानामा राजनीति गर्न खोजिरहेको छ । खेलहरू फेब्रुअरी ४ देखि २० सम्म बेइजिङमा आयोजना हुनेछन्। बुधबार खेलकुदको टर्च रिले अर्थात टर्च र्‍याली निकालिएको थियो । यसमा खेलाडीसँगै एक सैनिक पनि थिए। उनको नाम ‘की फाबाओ’ हो।

चीनको यो कदमप्रति अमेरिकाले आपत्ति जनाएको छ । ओलम्पिक टर्च बोकेका फाबाओ सन् २०२० मा लद्दाखको गलवान उपत्यकामा भारत र चीनबीच भएको हिंसात्मक सैन्य झडपमा संलग्न थिए। सो क्रममा फाबाओ गम्भीर घाइते भएका थिए । तर उनको ज्यान बचेको थियो ।

सन् २०२० मे ५ मा गलवान संघर्षमा २० भारतीय सैनिक मारिएका थिए । अमेरिका लगायत विश्वका धेरै मिडिया हाउसले गलवान उपत्यकामा ४० चिनियाँ सैनिक मारिएको बताएका थिए । तर सी जिनपिङ सरकारले चिनियाँ सेना पिपुल्स लिबरेसन आर्मी (पीएलए) बाट मारिएका सैनिकको यकिन संख्या भने दिएको छैन । अमेरिकालगायत धेरै देशले सन् २०२२ को शीतकालीन ओलम्पिकको कूटनीतिक बहिष्कार गरेर चीनलाई मानवअधिकारको कडा सन्देश दिएका छन् ।

फेब्रुअरी ४ मा टर्च खेलकुद गाउँ पुग्ने

चीनको आधिकारिक पत्रिका  ‘द ग्लोबल टाइम्स’ का अनुसार बुधबार टर्च रिले सुरु भएको हो । टर्च फेब्रुअरी ४ मा बेइजिङको खेलकुद गाउँमा पुग्नेछ। यसमा सर्वसाधारण र खेलाडीहरु टर्च बोकेर दौडिरहेका छन् ।

यी व्यक्तिहरूमा पीएलए सिपाही कि फाबाओ पनि छन्। भारतीय सेनासँगको झडपमा गम्भीर घाइते भएका फाबाओलाई गलवानबाट एयरलिफ्ट गरिएको थियो। चार पटकको छोटो ट्र्याक स्पीड स्केटिङ च्याम्पियन वेङ मेङले फाबाओलाई टर्च हस्तान्तरण गरे।

टर्च फेब्रुअरी ४ मा ओलम्पिक पार्क पुग्नुअघि तीनवटा आयोजक क्षेत्र हुँदै जान्छ। यसलाई बेइजिङबाहेक याङकिङ र झाङजियाओमा लगिनेछ।

चीनको भनाइ

चीनले गलवान उपत्यकामा मारिएका आफ्ना सैनिकको सङ्ख्या कहिल्यै दिएको छैन। द्वन्द्वमा ४० भन्दा बढी चिनियाँ सैनिकको मृत्यु भएको अमेरिकी गुप्तचर निकायले पहिलो पटक खुलासा गरेको थियो।

रिपोर्टहरू प्रकाशित भएपछि चीनको विदेश मन्त्रालयले एक विज्ञप्तिमा आफूले पनि क्षति बेहोरेको स्वीकार गरेको थियो। यद्यपि चीनले अहिलेसम्म आफ्नो क्षतिबारे स्पष्ट भनेको छैन । 

लद्दाखमा अझै पनि दुई देशबीच तनाव कायमै छ । चौध चरणको वार्तापछि पनि केही महत्वपूर्ण विषयमा दुवै देशका सैनिक आमनेसामने छन् ।

गत वर्ष अक्टोबरमा एक चिनियाँ ट्राभल ब्लगर ली किजियानले गलवानमा चीनको झूटको पर्दाफाश गरेका थिए। किजियानले चीनको कांगवाक्सीमा भारतीय सैनिकको हातबाट मारिएका सैनिकको चिहानमा गएर भिडियो बनाएका हुन् ।

पिशान काउन्टीको अदालतले पछि किजियानलाई शहीदहरूको अपमान गरेकोमा दोषी ठहर गर्दै सात महिनाको जेल सजाय सुनाएको थियो। उनी हाल जेलमा छन् ।

खेलाडीहरूलाई धम्की

अमेरिका र धेरै पश्चिमी देशहरूले कूटनीतिकरूपमा खेल बहिष्कार गरेका छन्। यो छ हप्ताअघि घोषणा गरिएको थियो। त्यसपछि चीन र यी देशबीच तनाव बढेको छ । कूटनीतिक बहिष्कार गर्ने देशहरूले चीनमाथि मानवअधिकार उल्लङ्घन गरेको आरोप लगाएका छन्।

गत महिना चीनले पनि खेलमा सहभागी खेलाडीलाई धम्की दिएको थियो । चीनको विदेश मन्त्रालयले शीतकालीन ओलम्पिक खेल्न आउने खेलाडी राजनीतिबाट टाढा रहनुपर्ने बताएको छ । मन्त्रालयले भनेको छ, “खेललाई खेलकुदजस्तै व्यवहार गर्नुपर्छ । यदि कुनै खेलाडीले चीनको कानून र नियमलाई बेवास्ता गर्छ भने उसले सजाय भोग्न तयार हुनुपर्छ।”