• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

प्रधानमन्त्री कप: मधेश प्रदेशले गण्डकीलाई २७ रनले हरायो



काठमाडौं । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय प्रतियोगितामा मधेश प्रदेशले गण्डकी प्रदेशलाई २७ रनले हराउँदै आफ्नो पहिलो जित हात पारेको छ ।

जितको लागि १ सय १३ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १९.४ ओभरमा अल आउट हुँदै ८५ रन बनायो। गण्डकीको लागि सुमन खतिवडाले सर्वाधिक ४२ रन बनाइन् । सृष्टी जैसी १५ रनमा आउट हुँदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

मधेशकी पुजा महतोले सर्वाधिक ३ विकेट लिइन् । सरस्वती कुमारी चौधरी, कविता गौतम र साक्षी यादवले समान एक एक विकेट लिइन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको मधेशले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १२ रन बनाएको थियो ।

मधेशकी ओपनर पुजा महतोले सर्वाधिक ३८ रन बनाइन् । सरस्वती चौधरीले २६ र प्रतिमा शाहले १० रन बनाइन् ।

गण्डकीको लागि सुमन खतिवडाले ३ विकेट लिइन् । कुसुम गोदार र सृष्टी जैसीले एक एक विकेट लिइन् ।