२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिन्धुलीमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु



अ+ अ-

मन्थली । रामेछापको मन्थलीबाट काठमाडौँतर्फ जाँदै गरेको अरनिको बसले विपरीत दिशाबाट आइरहेको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

रामेछापको मन्थलीबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ४५९३ नं को पूर्वअरनिको यातायात सेवा समितिको बसले काठमाडौँबाट खुर्कोटतर्फ जाँदै गरेको बा ६० प ३५४५ नं को मोटरसाइकललाई आज बिहान सुनकोशी गाउँपालिका बोहोरेटार–३ मा ठक्कर दिँदा मोटरसाइकलमा पछाडि बस्ने खोटाङ जिल्ला दिक्तेल नगरपालिका–१० रुपाकोटकी १८ वर्षीया मुनाकला राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

खोटाङ जिल्ला तुवाचुङ नपा–२ का मोटरसाइकल चालक कुमार राईको भने उपचारका लागि स्थानीय खाल्टे अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको सुनकोशी गाउँपालिका–३ का वडाध्यक्ष चन्द्र श्रेष्ठले जानकारी दिनुभयो । मन्थली नपा वडा नं– १३ फुलासीका २४ वर्षीय बसचालक रुपेश अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । रासस