२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

  आठौ संस्करणको आइसिटी अवार्ड २०२३ मा १४ विधामा अवार्ड र सातै प्रदेशका स्टार्टअपलाइ सम्मान

   आठौ संस्करणको आइसिटी अवार्ड २०२३ मा १४ विधामा अवार्ड र सातै प्रदेशका स्टार्टअपलाइ सम्मान
अ अ+ अ-

काठमाडौं । लिभिङ विथ आइसिटीले आयोजना गरेको आठौं संस्करणको ‘अपग्राड आईसीटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभ’ शुक्रवार द सोल्टी काठमाडौँमा भव्यताको साथ सम्पन्न भएको छ । एक दर्जनबढी प्रि-ईभेन्ट र ५ महिनादेखिको छनौट प्रक्रिया र एक महिनासम्म टेलिभिजन कार्यक्रम पश्चात आयोजना भएको ग्राण्ड फिनालेमा १४ विधामा अवार्ड र सातै प्रदेशका उत्कृस्ट स्टार्टअपलाई सम्मान गरिएको छ ।

७०० बढीको अनलाइन आवेदनबाट विभिन्न ५ चरणको छनौट पश्चात बिजेताहरु छनौट गर्दै अवार्ड प्रदान गरिएको हो । उक्त समारोहमा अन्तरास्ट्रिय अवार्डको रुपमा आयोजना भएको ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२३’ को पनि बिजेता घोषणासंगै पुरस्कृत गरिएको छ । प्रविधि क्षेत्रका अग्रजलाइ सम्मान र नयाँलाइ प्रोत्साहनको अवसरको रुपमा आयोजना भएको कार्यक्रममा यस क्षेत्रका ८०० बढी बिशिस्ट ब्यप्तिहरुको सहभागिता थियो । उक्त कार्यक्रम कान्तिपुर टेलिभिजन र अन्य मिडियाहरुबाट प्रत्यक्ष् प्रशारण पनि भएको थियो ।

संचार तथा सूचना प्रविधि मन्त्रि रेखा शर्माले उद्घाटन गर्नुभएको कार्यक्रममा अर्थमन्त्री डा. प्रकाश शरण महतले समापन सम्बोधन गरेका थिए । कार्यक्रममा कर्णाली प्रदेशका मन्त्रि कृष्ण बहादुर जिसी, प्रतिनिधि सभा सदस्यहरु, पुर्व मन्त्रि र सचिबहरु, सरकारी र निजि क्षेत्रका बिशिस्ट ब्यप्तिहरुले बिजेताहरुलाई अवार्ड प्रदान गरेका थिए । इनड्राइभका एसिया प्यासिफिक पीआर प्रमुख पभिट नन्दको पनि कार्यक्रममा उपस्थिती थियो । कार्यक्रममा सहभागी हुन् श्रीलंका, भरत, बंगलादेश, भुटान र बेलायतबाट सहभागीहरु आएका थिए ।

यस वर्षको पायोनियर आइसिटी अवार्ड २०२३ पहिलो इ-कमर्स संचालक बालकृष्ण जोशीले प्राप्त गरेका छन् । एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेले प्राप्त गरेकी छिन् । यसैगरी प्रोफेसनल एक्सीलेन्स आइसिटी अवार्ड २०२३ एनरेनका अध्यक्ष लोचनलाल अमात्यले प्राप्त गरेका छन । आन्टरप्रेनर्स आइसिटी अवार्ड यस वर्ष इन्फिकेयरका सिइओ अनुप सेरचनले प्राप्त गरे । नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्राध्यापक डाक्टर सुरेश मानन्धरले प्राप्त गरेका छन ।

सस्थागत अवार्ड विधाहरुमा डिजिटल गभर्नेन्स अवार्ड यस वर्ष नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले प्राप्त गरेको छ भने डिजिटल सर्भिसेस आइसिटी अवार्ड २०२३ तिलगंगा आखा प्रतिष्ठानले प्राप्त गर्यो । डिजिटल एजुकेसन आइसिटी अवार्ड (पब्लिक सेक्टर) तनहुको सत्यदेवी माध्यमिक बिद्यालय र डिजिटल एजुकेसन आइसिटी अवार्ड (प्राइवेट सेक्टर) काठमाडौँको अध्ययन स्कुलले प्राप्त गरेको छ ।

स्टार्टअप र इन्नोभेसनका विधाहरुमा यस वर्ष ‘इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड २०२३’ यार्सा टेकले प्राप्त गर्यो भने प्रडक्ट आइसिटी अवार्ड क्युकआरपीएले प्राप्त गरेको छ । राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड २०२३ ब्ल्यांकसरले जित्न सफल भएको थियो । हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड २०२३ को उपाधि ‘मनिमित्र’ ले जित्न सफल भएको छ । दक्षिण एसियाली देशहरुलाई लक्षित साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२३ को उपाधि भुटानको समूह मिडियाटेकले प्राप्त गरेको छ ।

यस बाहेक लिभिङ विथ आईसीटीले सातै प्रदेशका सात उत्कृष्ट स्टार्टअपलाई समेत आईएफएन प्रोभिन्स स्टार्टअप आईसीटी रिकग्निसन २०२३ बाट सम्मान गरेको छ । यसका लागि केही महिना अगाडि सातै प्रदेशमा स्टार्टअप मिटअप तथा अन्तर्क्रिया कार्यक्रम सञ्चालन गरिएको थियो । उनीहरूलाई काठमाडौं ल्याएर मेन्टरिङ, बुटक्याम्प, इन्डष्ट्री भिजिट गराइएको थियो ।

यस वर्ष कोशी प्रदेशबाट ट्रयाक अन नेपाल, मधेश प्रदेशबाट एड्स बी मिडिया, बागमती प्रदेशबाट हर्टसन टेक्नोलोजी, गण्डकी प्रदेशबाट रेष्ट्रो एक्स, लुम्बिनी प्रदेशबाट टुना टेक्नोलोजी, कर्णाली प्रदेशबाट बायो कर्णाली एरोमा प्रालि र सुदूरपश्चिम प्रदेशबाट निम इन्फोसिस प्रोभिन्स स्टार्टअप आइसिटी रिकग्निसन २०२३ बाट सम्मानित भएका छन् ।

यसैगरी नागरिक एपले केहि समय अघि प्राप्त गरेको वर्ल्ड समित(डब्ल्युएसए) अवार्डलाइ मन्त्रि रेखा शर्माले हस्तान्तरण गरेकी थिन । गभर्नेन्स सिटिजन सर्भिस एप्लिकेसनको प्रतिस्पर्धमा नागरिक एपले ४० बढीदेशहरुलाई पछि पार्दै डब्ल्युएसए अवार्ड प्राप्त गरेको थियो । आइसिटी अवार्डले बिश्वका बिभिन्न प्रतिष्ठित अवार्डसंग पनि सहकार्य गरेको आइसिटी अवार्डका अध्यक्ष तथा डब्ल्युएसएका नेशनल एक्सपर्ट राजन लम्सालले बताए ।

अवार्डको उद्घाटन शत्रकी प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले अवार्ड कार्यक्रममा सम्बोधन गर्दै नेपाल सरकारले स्टार्टअप र डिजिटल च्याम्पियनहरुलाई प्रतिस्प्रधा गराउदै डिजिटल नेपालको अभियानमा सामेल गराउने बताइन । मन्त्री शर्माले डिजिटल रूपान्तरण र डिजिटल इकोसिस्टम विकासमा गैर सरकारी क्षेत्रबाट आईसीटी अवार्डले गरिरहेको काम प्रशंशायोग्य भएको बताइन् ।

समापन कार्यक्रममा सम्बोधन गर्दै अर्थमन्त्रि डा. प्रकाश शरण महतले डिजिटल इकोनोमीको लागि आइटी क्षेत्रलाइ प्रवर्धन गर्दै जानुपर्ने बताए । आइसिटी अवार्डले गरेको प्रयासले डिजिटल इकोसिस्टमको विकासमा योगदान दिनेछभन्दै सरकार सधै सहयोगीको रुपमा रहने डा. महतले बताए । लिभिङ विथ आईसीटीका संस्थापक तथा कार्यक्रमका अध्यक्ष राजन लम्सालले सम्बोधन गर्दै,  आईसीटी अवार्डले स्टार्टअप इकोसिस्टम विकास र डिजिटल रूपान्तरणमा काम गरिरहेको बताए ।

लिभिङ विथ आइसिटीले सन् २०१६ देखि हरेक वर्ष आयोजना गर्दै आइरहेको आईसीटी अवार्ड कार्यक्रम, सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सबैभन्दा ठुलो र प्रतिष्ठित अवार्ड कार्यक्रमको रूपमा परिचित छ ।

अवार्ड विजेतालाई विभिन्न पुरस्कार समेत प्रदान गरिएको छ । वुमन आईकन आइसिटी अवार्ड विजेतालाई एनसेलले ३ लाख नगद पुरस्कार दिएको छ । स्कुल व्यवस्थापन सफ्टवेयर वेदले डिजिटल एजुकेसन आईसीटी अवार्ड २०२३ (पब्लिक सेक्टर) विजेतालाई पूर्ण रूपमा निःशुल्क आफ्नो सफ्टवेयर उपलब्ध गराउने छ । यस्तै सम्पूर्ण विजेतालाई बगभीले एक वर्षसम्म निःशुल्क साइबर सुरक्षा सेवा उपलब्ध गराउने छ भने राइजिङ स्टार इन्नोभेसन आईसीटी अवार्ड विजेतालाई लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले मास्टर्स ईन आईटीका लागि७ लाखको छात्रवृत्ति प्रदान गरेको छ । यसका साथै विजेतालाई डिशहोमले २०० एमबीपीएसको इन्टरनेट समेत निःशुल्क उपलब्ध गराएको छ ।

आइसिटी अवार्ड २०२३ मा १४ जना स्वदेशी र ३ जना अन्तर्राष्ट्रिय विज्ञ जुरीले ४ महिनासम्म २५ वटा बढी मिटिङहरु सञ्चालन गदै छनौट प्रकृयालाई सम्पन्न गरेका थिए । यसैगरी १३ जना बिशिस्ट सल्लाहकार समिति पनि गठन गरिएको थियो ।

आईसीटी अवार्डको प्रि-इभेन्ट क्याम्पेनको रूपमा सातै प्रदेशमा स्टार्टअप मिटअप तथा अन्तर्क्रिया, स्टार्टअप एण्ड आईडिया फेस्ट, बुटक्याम्प तथा मेन्टरिङ, इन्डष्ट्री भिजिट, फिल्ड भिजिट, स्पीड डेटिङ तथा प्रिजेन्टेसन, कान्तिपुर टिभीबाट विशेष कार्यक्रम शृंखला लगायत आधा दर्जन बढी कार्यक्रम सञ्चालन भएका थिए । अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभमा एनसेल कनेक्टेड पार्टनरको रुपमा रहेको थियो भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल दूरसञ्चार प्राधिकरण, राष्ट्रिय सूचना प्रविधि केन्द्र, नाष्ट, नेपाल उद्योग वाणिज्य महासंघ,  न्यास आईटी लगायतको सहकार्य रहेको थियो ।

यस्तै कार्यक्रमको डिजिटल पेमेन्ट पार्टनरमा नेपाल पे,  भोटिङ पार्टनरमा हाम्रो पे, एजुकेसन पार्टनरमा लर्ड बुद्ध एजुकेसन फाउन्डेसन, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस, साइबर सेक्युरिटी पार्टनरमा बगभी, नलेज पार्टनरमा ग्लोबल कलेज, एडटेक पार्टनरमा वेद, इ कोसिस्टम पार्टनरमा इन्फोडेभलपर्स,  इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट लगायतको सहकार्य थियो ।

यस बाहेक कार्यक्रमलाई ग्लोबल आईएमई बैंक, टेक स्पायर कलेज, फ्युज मेसिन्स, एमिनेन्स वेज, कोइली र कोड हिमालय सहकार्य रहेको थियो ।

यी हुन आइसिटी अवार्ड २०२३ का विजेताहरू

इनड्राइभ स्टार्टअप आइसिटी अवार्ड: यार्सा टेक प्रालि

प्रडक्ट आइसिटी अवार्ड: क्विक आरपीए

राइजिङ स्टार आइसिटी अवार्ड: ब्ल्यांकसर

हाम्रो पे पब्लिक च्वाइस आइसिटी अवार्ड : मनिमित्र

एनसेल वुमन आइकन आइसिटी अवार्ड: सुनैना घिमिरे पाण्डे

पायोनियर आइसिटी अवार्ड: बालकृष्ण जोशी

आन्टरप्रेनर आइसिटी अवार्ड: अनुप शेरचन

नेपाली डायस्पोरा आइसिटी अवार्ड: प्रा.डा. सुरेश मानन्धर

डिजिटल गभर्नेन्स आइसिटी अवार्ड: नेपाल स्टक एक्सचेन्ज लिमिटेड

डिजिटल सर्भिसेस आइसिटी अवार्ड: तिलगंगा आँखा प्रतिष्ठित

डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिक सेक्टर): सत्यवति माध्यमिक विद्यालय, तनहुँ