• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

विद्यार्थीलाई उत्पादनसँग जोड्ने पाठ्यक्रम कार्यान्वयन गर्न अध्यक्ष नेपालको आग्रह



file

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षाका अतिरिक्त विद्यार्थीलाई उत्पादनसँग जोड्ने पाठ्यक्रम कार्यान्वयन गर्नुपर्ने बताउनुभएको छ ।

शङ्खरापुर नगरपालिका–१ स्थित चाँपाबोट मावि भवनको आज अनुगमनका क्रममा उहाँले केही सामुदायिक विद्यालयले राम्रो पढाइ सञ्चालन गरेकाले भर्ना पाउन प्रतिस्पर्धा हुने गरेको जनाउँदै व्यावसायिक शिक्षाले विद्यार्थीको सिर्जनशील कार्यमा आत्मविश्वास बढ्ने बताउनुभयो ।

अध्यक्ष नेपालले अब्बल जनशक्ति उत्पादन गर्ने शिक्षण संस्थाको स्तरोन्नतिमा सरकारले लगानी वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विद्यालय संरचना विकास तथा भवन मर्मतका लागि सम्बन्धित निकायमा आफूले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

अध्यक्ष नेपाललाई विद्यालय प्रधानाध्याक हरिबहादुर गौतम, सहायक प्रधानाध्यापक तेजनाथ दङ्गाललगायत शिक्षक तथा वडाध्यक्ष बाबुराम दङ्गाल, वडा सदस्य भूमिप्रसाद दङ्गाल र रामकृष्ण ढुङ्गानाले विद्यालयको गतिविधि बारेमा जानकारी गराउनुभएको थियो । विसं २०७२ को विनासकारी भूकम्पले क्षति भएको विद्यालयको केही भाग मर्मत तथा पुनः निर्माणसमेत गरिएको छ ।