२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुई दिनमै ‘सालार’ले कमायो २८५ करोड



अ+ अ-

एजेन्सी । साउथ सुपरस्टार प्रभासको फिल्म ‘सालार’ ले रिलिजको दोस्रो दिन पनि बक्स अफिसमा आफ्नो आकर्षण कायम राखेको छ । ओपनिङ डेमा सालारले भारतीय बक्स अफिसमा ९० करोड ७० लाख रुपैयाँ कलेक्सन गरेको थियो ।

दोस्रो दिन देशभर ५५ करोड रुपैयाँ कमाएको छ । अहिले यसको कुल भारतीय बक्स अफिस कलेक्शन १४५ करोड ७० लाख पुगेको छ ।

व्यापार विज्ञहरूका अनुसार ओपनिङ डे मा फिल्मले विश्वभर १७८.७ करोड कलेक्सन गरेको थियो भने दोस्रो दिन १०६ करोड कलेक्सन गरेको छ । मात्र दुई दिनमा ‘सालार’को कुल ग्लोबल कलेक्सन रु २८५ करोड पुगेको छ ।

अर्कोतर्फ शाहरुख खानको फिल्म ‘डंन्की’को भारतीय बक्स अफिस कलेक्सनको कुरा गर्ने हो भने तेस्रो दिन अर्थात शनिबार २५ करोड ५० लाख रुपैयाँ कलेक्सन गरेको छ । शनिबार फिल्मको हिन्दी संस्करणको अकुपेन्सी ४०.७१ प्रतिशत थियो । दोस्रो दिनको गिरावटपछि तेस्रो दिन यो फिल्मको कमाईमा उछाल आएको छ ।

करिब ३५०–४०० करोड रुपैयाँमा बनेको सालारले द्रुत गतिमा कमाइ गरिरहेको छ । यसलाई हेर्दा फिल्मले विकेन्डमा बजेटभन्दा बढी कमाउने अनुमान गर्न सकिन्छ । प्रशान्त नील निर्देशित फिल्म सालारमा प्रभाससँगै पृथ्वीराज सुकुमारन, श्रुति हसन र टिनु आनन्द पनि महत्वपूर्ण भूमिकामा छन् ।