१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्रिसमस मनाउन ३ दिन सार्वजनिक बिदा



अ+ अ-

काठमाडौँ । सरकारले इसाई धर्मावलम्बीहरूको महान् पर्व क्रिसमस मनाउन एक दिन सार्वजनिक बिदा दिएको छ ।

तर मकवानपुरको राक्सिराङ गाउँपालिकाले भने क्रिसमस मनाउन तीन दिन सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले विज्ञप्ति नै जारी गरेरक्रिसमस मनाउन आइतबारदेखि मंगलबारसम्म (तीन दिन) सार्वजनिक बिदा दिएको हो।

सो अवधिभर गाउँपालिकाभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवं बैंक तथा वित्तीय संस्थाहरू बन्द रहने जानकारी गाउँपालिकाले गराएको छ।