२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राज्यमन्त्री चपाईँद्वारा मध्यपहाडी राजमार्गको अनुगमन



अ+ अ-

भोजपुर । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाईँले मध्यपहाडी लोकमार्ग र कोशी राजमार्गको स्थलगत अनुगमन गर्नुभएको छ । ती सडकका समस्या समाधान तथा भावी योजना निर्माणका लागि स्थलगत अनुगमन गर्नुभएको हो ।

राज्यमन्त्री चपाईँले मध्यपहाडी लोकमार्गअन्तर्गत विभिन्न सडकखण्डसँगै दिक्तेल–चखेवा, भोजपुरको चखेवा–लेगुवा र कोशी राजमार्गको खाँदबारी–भोटखोला किमाथाङ्का सडकखण्डको अवलोकन गर्ने कार्यक्रम छ ।

आज बिहान पत्रकारहरूसँग कुरा गर्दै राज्यमन्त्री चपाईँले यो क्षेत्रका सडकसँगै मन्त्रालयअन्तर्गत निर्माण भइरहेका अन्य संरचनाको अनुगमन गरिएको बताउनुभयो । अनुगमनपश्चात् यहाँको अवस्था र गर्नुपर्ने कामका विषयमा प्रतिवेदन तयार गरेर मन्त्रालयमा बुझाउने उहाँले बताउनुभयो ।

“मन्त्रालयको निर्णयानुसार म यो क्षेत्रको स्थलगत अनुगमनमा निस्केकी हुँ”, राज्यमन्त्री चपाईँले भन्नुभयो, “अनुगमनका क्रममा यहाँका धेरै समस्याको पहिचान गरेका छौँ । विकास–निर्माणका कामलाई गुणस्तरीय र प्रभावकारी ढङ्गले अघि बढाउन हाम्रो मन्त्रालय प्रतिबद्ध छ । यहाँ देखिएका समस्या समाधानका लागि मेरो तर्फबाट पहलकदमी हुनेछ ।” रासस




भर्खरै