• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo

सन्दीपविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै



फाईल फोटो

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका स्पिनर सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ ।

जिल्ला अदालत काठमाडौँमा दायर भएको जबरजस्तीकरणीको मुद्दामा अन्तिम फैसलाका लागि आज पेसी तोकिएको हो ।

उक्त मुद्दामा विभिन्न बाहानामा पछाडि धकेलिदै आएको छ । आज मुद्दाले किनारा लाग्ने बताइएको छ ।

गत फागुन १५ मा न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै मुद्दामा जिल्ला अदालतलाई फास्ट ट्रयाक तथा कन्टिनियस हेयरिङका प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो । उक्त आदेश दिएको १० महिना पूरा हुँदा पनि जिल्ला अदालतले फाइनल बहस गराउन सकेको छैन ।