२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा हामी संसदीय व्यवस्थाका निर्माता हौँ, उपभोग गर्न मात्रै आएका होइनौँः एमाले प्रमुख सचेतक महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

आधुनिक यन्त्रका कारण दाइँ गर्ने परम्परा लोप हुँदै



अ+ अ-

किमाथाङ्का । सङ्खुवासभाका किसान गोरु घुमाएर दाइँ लाउने, धान स्वाहार्ने चटारोमा छन् । किसानहरु एकापसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा भए पनि हिजोआज वीरलै त्यस्ता दृश्य देख्न पाइन्छ । सङ्खुवासभामा  पछिल्लो समय गोरुको सहायताले गरिने दाइँ संस्कृति लोप हुन थालेको छ ।

गोरुको अभाव र कृषिमा भित्रिएको प्रविधिका कारण गाउँघरबाट दाइँँ संस्कृति हराउँदै जान थालेको हो । गाउँघरमै कतिपयले अहिले फाँटमा त्रिपाल बिछ्याइ धान झारेर पराल घरमा भित्र्याउन थालेका छन् । जसका कारण पहिलेजस्तो मियोमा गोरु घुमाएर दाइँ गर्ने चलन गाउँघरबाटै हराउँदै जान थालेको छ ।

एक दशकअघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ गर्नेै आएका  किसानहरू पछिल्लो समय खेतालाको अभाव हुन थालेपछि आधुनिक मेसिनको सहायताबाट दाइँ हाल्न थालेका छन् । कृषिमा भित्रिँदै गरेको प्रविधिको विकाससँगै गोबर माटोले पोतेको खलोमा गोरुले पराल मिचेर धान झार्न दाइँ गर्ने परम्परा लोप हुन थालेको हो ।

दाइँको तयारीका लागि पाँच/सात दिन अगाडिदेखि नै फाँटको सबैभन्दा ठूलो गरो खुर्केर खलो लिपपोत गरेर, मियो गाडेर, धानको कुन्यु लगाउने प्रचलन अहिले लोप हुने थालेको पाँचखपन नगरपालिका–१ ओतेनको स्थानीय भैरवबहादुर थापाले राससलाई बताउनुभयो । पहिले पहिले दाइँमा सिमेभुमे नागहरुको पूजा गर्ने चलन भए पनि पछिल्लो युवापुस्ताले त्यो छाडेर आधुनिकतातर्फ लागेको थापाले बताउनुभयो ।

युवाशक्ति विदेश पलायन हुनु, साथै गाउँघरमा गोरु र काम गर्ने मान्छे पाउन समस्या हुनु तथा पाइएका खेतालाको ज्याला खर्च महँगो भएकाले दाइँ गर्ने संस्कृति लोप हुन थालेको सोही ठाउँका स्थानीय सुरेश पुरीले बताउनुभयो । रासस




भर्खरै