• १८ असार २०८१, मंगलवार
  •      Tue Jul 2 2024
  •   Unicode
Logo
Latest
★   ‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन ★   सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त ★   पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान ★   कांग्रेस र एमालेबीचको सहमतिप्रति राप्रपा सकारात्मक ★   मार्गप्रशस्त गरी सरकार बनाउन सहयोग गर्न प्रधानमन्त्रीलाई एमालेको आग्रह ★   पूर्वगृहमन्त्री बादलका छोरा प्रतीकलाई थुनामा पठाउन अदालतको आदेश ★   राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण ★   गिरिजाबाबुकै कारण गणतन्त्र स्थापना भएको होः सभापति देउवा ★   कृषि समितिमा सरकारले विधेयक दिन सकेन: सभापति राणा ★   गृहमन्त्री लामिछानेविरुद्धको मुद्दा फेरि हेर्दाहेर्दैमा

गण्डकीको पहिलो जित, कर्णालीको लगातार दोस्रो हार



काठमाडौँ । प्रधानमन्त्री कप महिला टि२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशले कर्णाली प्रदेशलाई ४४ रनले हराएको छ ।

जितको लागि १ सय ४२ रनको विशाल विजयी लक्ष्य पाएको कर्णालीले २० ओभरमा ६ विकेट गुमाउँदै मात्र ९७ रन बनायो ।

कर्णालीको लागि गौरी बोहराले सर्वाधिक २६ रन बनाइन् । ओपनर यमुना थारुले २१ र तृर्सना विश्वकर्माले १९ रन बनाउदा अन्य कुनैपनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

गण्डकीको लागि रचना चौधरीले २ विकेट लिइन् । सुमन खतिवडा र ज्योत्स्निका मरासिनीले समान एक एक विकेट लिइन् ।

त्यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो । गण्डकीका दुई ब्याटरले अर्धसतक बनाएका थिए । ओपरन अञ्जली विश्वकर्माले ४८ बलमा आठ चौका प्रहार गर्दै ५१ रनको योगदान दिईन्। यस्तै, ज्योत्सनिका मरासिनीले ४० बलमा एक छक्का र पाँच चौकाको सहयोगमा ५० बनाईन् । सुमन खतिवडाले २२ रन बनाइन् ।

कर्णाली प्रदेशले अतिरिक्त १५ रन दिएको थियो । कर्णालीका बलर यमुना थारु र अञ्जु गुरुङले समान दुई–दुई विकेट लिँदा रश्मी खड्काले एक विकेट लिईन् ।

कर्णाली पहिलो खेलमा कोशीसँग १० विकेटले पराजित भएको थियो । त्यस्तै गण्डकी पहिलो खेलमा लुम्बिनीसँग ४ विकेटले पराजित भएको थियो । अब आइतबार कर्णालीले मधेशसँग टियुमा र गण्डकीले बागमतीसँग मुलपानीमा खेल्नेछ ।