६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा नेपालले गर्‍यो मन्त्री किरातीको पुत्ला दहन



अ+ अ-

काठमाण्डौ। राप्रपा नेपाल आवद्ध जनवर्गिय संगठनहरुले आज साँझ काठमाण्डौमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किरातिको पुत्ला दहन गरेका छन् ।

९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनिहरुले पुत्ला दहन गरेका हुन् । मन्त्री किरातीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारपूणर् अभिव्यक्ति दिएको भन्दै उनिहरुले मन्त्री किरातीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नु पर्ने उनिहरुको भनाई छ । संस्कृति मन्त्री किरातीले क्रिश्चियन धर्म नमान्नेहरु देशद्रोही र संविधान विरोधी भएको त्यस्तालाई जेलमा कोच्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

“पार्टीका जनवर्गिय संगठनहरुले आज साँकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन् । मन्त्री किरातीले तत्काल राजिनामा नदिए यो बिषय डरलाग्दो र विकराल हुनसक्ने चेतावनि दिँदै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राजिनामा नदिए आन्दोलनले चर्को रुप लिने बताए । काठमाण्डौको चावहिलमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले मन्त्री किरातीको विरोधमा चर्का नारावाजि गरेका थिए ।