२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजी लगानीमा मन्दिर निर्माण



अ+ अ-

मनहरी । हेटौंडाका एक जना समाजसेवीले रु एक करोड ५० लाखको लगानीमा मन्दिर निर्माण गर्नुभएको छ । हेटौंडा उपमहानगरपालिका– ७ निवासी दलबहादुर खड्काले सोही वडाकोे नागस्वती चोकमा वनदेवी र राधाकृष्ण मन्दिर निर्माण गर्नुभएको हो ।

सत्र वर्ष वनस्पति घ्यु उद्योगमा काम गर्नुभएका खड्काले २० वर्ष कुखुरा व्यवसाय सञ्चालन गर्नुभयो । व्यावसायिक कुखुरापालन गर्दा देशको सबैभन्दा बढी दाना बिक्री गर्ने व्यवसायी बन्नुभएका उहाँ वाल्यकालदेखि नै धर्मकर्ममा लाग्नुभएको हो । भगवान्को सेवा गरेपछि आशीर्वाद प्राप्त हुने भएकाले निजी लगानीमा मन्दिर बनाएको उहाँले राससलाई बताउनुभयो ।

व्यवसाय गरेर प्रशस्त आम्दानी गर्नुभएका खड्काले सामाजिक काम गर्न सकियो भने भावी पुस्ताले सम्झने उहाँ बताउनुहुन्छ । सुरुमा पचास लाखको योजनासहित मन्दिर निर्माणमा जुट्नुभएका खड्काले काम गर्दै जाँदा रु एक करोड ५० लाख खर्च भएको बताउनुभयो । वडा कार्यालयको स्वामित्वमा रहेको सार्वजनिक जग्गामा मन्दिर निर्माण गरिएको हो । रासस