५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरस्वती क्याम्पसमा खेलकुद सप्ताह शुरु



अ+ अ-

काठमाडौं। सरस्वती बहुमुखी क्याम्पसको ६५ औं वार्षिकोत्सवका अवसरमा खेलकुद सप्ताह शुरु भएको छ । स्वतन्त्र विद्यार्थी युनियन -स्ववियु_ को आयोजनामा पुष ३ गतेदेखि खेलकुद सप्ताह शुरु भएको हो । पुष ९ गतेसम्म सञ्चालन हुने खेलकुद सप्ताहमा भलिबल, फुटसल, क्रिकेट, बास्केटबल, ब्याडमिण्टन, टेबलटेनिस, छेलो, डोरी तान्ने, चेस र हाजिरीजवाफ खेलमा विद्यार्थीहरु सहभागी भएको स्ववियु सचिव राजेशबाबु बगालेले बताउनुभयो ।

राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा क्याम्पसले आफ्नो वार्षिकोत्सव यही पुष १० गते भव्यपूर्वक मनाउने तयारी भैरहेको क्याम्पस प्रमुख डा= गोलमान गुरुङले बताउनुभयो । राष्ट्रपति पौडेलले क्याम्पसको पहिलो ब्याचीको रुपमा मानविकीतर्फ स्नातक उत्तीर्ण गर्नुभएको थियो । विसं २०१६ सालमा स्थापना भएको क्याम्पस त्रिभुवन विश्वविद्यलयको संस्थापक आङ्गिक क्याम्पस हो ।

क्याम्पसमा स्नातक र स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुमा ८ हजारभन्दा बढी छात्रछात्राहरु नियमित अध्ययनरत छन् । व्यवस्थापनतर्फ स्नातकोत्तर तहमा एम्बीएम् र एम्बीएस्, स्नातक तहमा बीबीए, बीबीएम्, बीबीएस् र बीएच्एम् तथा मानविकीतर्फ स्नातकोत्तर तहमा अङ्ग्रेजी, नेपाली, ग्रामीण विकास, समाजशास्त्र र अर्थशास्त्र, स्नातक तहमा अङ्ग्रेजी, अर्थशास्त्र, गणित, इतिहास, ग्रामीण विकास, नेपाली, राजनीतिशास्त्र, समाजशास्त्र, आमसञ्चार, मनोविज्ञान, भुगोल, बीसीए, बीएस्डब्लू समेतका विषयहरु दक्ष प्राध्यापकहरुबाट प्राध्यापन हुने गरेको क्याम्पस प्रमुख गुरुङले बताउनुभयो ।

वार्षिकोत्सव कार्यक्रमका लागि शिक्षा मन्त्री, त्रिविका उपकुलपति, रेक्टर, रजिष्ट्रार, पूर्व पदाधिकारीहरु, प्राज्ञिक र शैक्षिक विशिष्ट व्यक्तित्वहरुलाई आमन्त्रण गरिएको विद्यार्थी कल्याण प्रमुख बाबुराम चापागाईले बताउनुभयो ।