४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गोरखामा जीप दुर्घटना हुँदा ८ जना घाइते News Polar राजनीति विश्लेषक भरत दाहाल पक्राउ News Polar विपद्मा आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु जथाभावी वितरण नगर्न आग्रह News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar बीस क्विन्टल गाँजासहित दुई जना पक्राउ News Polar ढोरपाटन पुगेर चन्द्र ढकालले भने-नेपाल सुरक्षित छ, घुम्न आउनुहोस् News Polar नाडाद्वारा नुवाकोटका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण News Polar अर्थमन्त्री वाग्लेसँग पूर्व भारतीय राजदूत अश्राफको भेट News Polar सुनको मूल्य तोलामा २ हजार १ सय रुपैयाँ बढ्यो News Polar क्यारिबियनमा अमेरिकी सेनाको कारबाहीमा चार जना मारिए News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री

महामारीको दोस्रो लहर र खोप

महामारीको दोस्रो लहर र खोप
अ+ अ-

काठमाडौ I  कोरोना भाईरसको दोश्रो लहरले यतिबेला बिश्वका बिभिन्न मुलुकलाई फेरी आक्रान्त बनाएको छ । छिमेकी मुलुक   दिन प्रतिदिन सक्रमण तिब्र रुपमा फैलिएपछि खुल्ला सीमाका कारण रोजगारीका लागि गएका तथा उताका नागगरिकहरु नेपाल आउन थालेका छन् ।  जसका कारण फेरी एक खालको सन्त्रास उत्पन्न भएको छ ।  महामारीको दोश्रो लहर संगै लकडाउन होला की , खोपले काम गर्छ कि गर्देन ?भन्ने आशंका जारी गरेको बेला जनस्वास्थ्थबिज्ञ डा ं रविन्द्र पाण्डेले केही सुझाबहरु दिनु भएको छ ।  

 लकडाउनबारे  

लकडाउन छिट्टै हुन्छ भन्ने हल्ला चलिरहेको छ ,यो सहि हैन ्र सरकारले स्पष्ट गरेको छ कि लकडाउन अहिले हुँदैन ,संक्रमण बढ्यो भने बढेको ठाउँमा मात्र लकडाउन हुनसक्छ , पहिलेजस्तो लामो र देशव्यापी लकडाउन हुँदैन , हामीले जनस्वास्थ्यका मापदण्ड अबलम्बन गर्यौं भने लकडाउन गर्ने परिस्थिति आउदैन  । 
खोपबारे 
यहि सोमबार चीनबाट ८ लाख डोज खोप आउदैछ  त्यसले करिब ४ लाख जोखिम बर्गलाई खोप पुग्दछ भारतले अप्रिलमा १० लाख डोज ( नेपालले किनेको बाँकी ) दिने बताएको स्वास्थ्य मन्त्रालयका अधिकारीले बताएका छन् यो खोपको कारण पहिले खोप लगाएका व्यक्तिलाई दोस्रो मात्रा पुग्दछ 
दोस्रो मात्रा बारे 
दोस्रो मात्रा खोप जुन कम्पनीले लगाएको हो, त्यहि कम्पनीको लगाउनुपर्छ  कारणबश दोस्रो मात्रा खोप लगाउन नपाएपनि पहिलो खोपको प्रभाकरिता न्युनतम ६४.१५ हुने एस्ट्रेजेनेकाले बताएको छ , दोस्रो खोप लगाएपछि खोपको प्रभावकारिता ७०.४५ हुन्छ I
बेलायतमा खोप समितिले गरेको पछिल्लो अनुसन्धान अनुसार ९ – १२ हप्तामा दोस्रो मात्रा खोप लगाएमा यसले संक्रमणबाट हुने गम्भीर अवस्था ७० ं५ ले कम हुन्छ ्र
खोप लगाएका व्यक्तिलाई कोरोना सर्छ कि सर्दैन र ?
खोप लगाएका व्यक्तिलाई कोरोना सर्न सक्छ उक्त व्यक्तिले आफु क्यारियर बनेर अरुलाई संक्रमण सार्न पनि सक्दछ ्र फरक यत्ति हो कि खोप लगाएका व्यक्ति गम्भीर हुँदैनन् ,  खोप लगाएका व्यक्तिको शरीरभित्र रहेको एन्टिबोडीले कोरोना भाइरसलाई शरीरभित्र नष्ट गर्दछ ।  खोप लगाएका व्यक्तिलाई कोरोना पोजिटिभ हुनसक्छ ,यो बुझ्नु र बुझाउनु जरुरी छ । 
दोस्रो लहरको क्षति अनुमान 
दोस्रो लहर नेपालमा आयो भने पहिलेजस्तो क्षति हुदैन  त्यो बेला हामीसंग साधन ( मास्क, स्यानिटाइजर, पिपीई, रेमडेसेभिर लगायत औषधि ) को अभाव थियो अहिले स्वास्थ्यकर्मी अनुभवी भएका छन् , आम नागरिकलाई कोरोना संक्रमण हुँदैमा मृत्यु हुँदैन भन्ने प्रमाण यत्रतत्र प्राप्त भएको छ , खोपले खराब असर गर्दैन भन्ने अनुभव प्रतक्ष्य छ् , मास्क लगायत जनस्वास्थ्यका मापदण्डले संक्रमण रोकथाम गर्छ भन्ने अनुभव आम नागरिकलाई छ, खोप आइरहनेछ , तसर्थ क्षति निकै कम हुन्छ । 
महामारी तथा प्राकृतिक विपत्तिको बेला सरकारले जारी गरेका निर्देशन पालना गर्नु आम नागरिकको कर्तब्य हो भने जनताको जनधनको सुरक्षा गर्नु राज्यको दायित्व हो , कर्तब्य र दायित्व सबैले पालना गरेमा अप्रिय अवस्था उत्पन्न हुँदैन I