४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेल प्रकरण: अमरेशको रिटमा कारण देखाऊ आदेश जारी



अ+ अ-

काठमाडौँ । एनसेलको सेयर खरिदबिक्री भएको विषयमा स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले दायर गरेको रिटमा सर्वोच्च अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार विपक्षीको नाममा कारण देखाऊ आदेश जारी गरेको हो।अदालतले पुस १६ गते दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

सिंहले मङ्सिर २२ गते शुक्रबार दायर गरिएको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठुला करदाता कार्यालयलाई विपक्षी बनाउनु भएकाे छ ।

सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गर्दै सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गर्नुभएको छ ।