११ भाद्र २०८३, बिहीबार
,
Latest
पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने कोशी प्रदेश सरकारले भोटेकोशी बाढी पीडितका लागि तीन करोड उपलब्ध गराउने भोटेकोशी बाढीपछि १३ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन, ३५१ जनाको हवाई उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

रेशम चौधरीलाई भेट्न एमाले नेता महेश बस्नेत डिल्लीबजार कारागारमा



अ+ अ-

काठमाडौं । हत्या अभियोगमा डिल्लीबजार कारागारमा रहनुभएका सांसद रेशमलाल चौधरीसंग नेकपा एमालेका नेता तथा सांसद महेश बस्नेतले भेट गर्नुभएको छ ।

सुरक्षाकर्मी सहित नौ जनाको ज्यान गएको घटनमा दोषी ठहर भई जन्मकैदको सजाय भोगिरहेका चौधरीसंग राजनीतिक छलफलका लागि बस्नेत कारागार पुग्नु भएको हो । 

जनता समाजबादी पार्टी (जसपा) का तर्फबाट कैलाली क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद चौधरीको रिहाईको विषयलाई प्रमुख मुद्दा बनाएपछि प्रधानमन्त्रीका बिश्वासपात्र बस्नेतले चौधरीसंग भेट गर्नुभएको हो ।

बिहिबार मात्र गृहमन्त्री रामबहादुर थापाले पनि चौधरीको रिहाईको लागि सरकार सकारात्मक भएको सन्देश दिनुभएको थियो  ।