• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

आईपीएल अक्सनः हैदरावादका पूर्व कोचले गरे ठूलो भविष्यवाणी-स्टिभ स्मिथ ‘अनसोल्ड’ हुनेछन्



एजेन्सी । आईपीएल २०२४ को मिनी लिलामीको काउन्टडाउन सुरु भएको छ । धेरै खेलाडीको भाग्य आज दुबईमा तय हुँदैछ । यस लिलामीमा अन्तर्राष्ट्रिय क्रिकेटका धेरै दिग्गज खेलाडीले आफ्नो नाम पठाएका छन् ।

आफ्नो कप्तानीमा अष्ट्रेलियालाई विश्व च्याम्पियन बनाउने प्याट कमिन्स पनि लिलामीको हिस्सा हुनेछन् । यद्यपि, सनराइजर्स हैदरावादका पूर्व प्रशिक्षक टम मुडीले कमिन्स नभई मिनी लिलामीमा बिक्रि हुने सबैभन्दा महँगो खेलाडी मिचेल स्टार्क हुने विश्वास व्यक्त गरेका छन् ।

खेलकुद मञ्चमा कुरा गर्दै टम मुडीले भने कि उनका अनुसार मिनी लिलामीमा बिक्रि हुने सबैभन्दा महँगो खेलाडी मिचेल स्टार्क हुनेछन् । उनले भने, ‘स्टिभ स्मिथ अनसोल्ड हुनेछन् र मिचेल स्टार्कले लिलामीका सबै रेकर्ड तोड्न सफल हुनेछन्, जुन हाल साम करनको नाममा छ। मलाई लाग्छ कि स्टार्कले पनि साम करनको १८.५० करोड मूल्य करोड पार गर्नेछन् ।’