७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

झलनाथ खनालको नेतृत्वमा नेपाल पक्ष सांसद संसदीय दलको बैठकमा सहभागी हुँदै



अ+ अ-

काठमाडौं । नेकपा एमालेको माधव कुमार नेपाल समूह संसदीय दलको बैठकमा सहभागी हुने भएको छ । 

प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले आज अपराह्न ३ बजे बोलाउनुभएको उक्त बैठकमा झलनाथ खनालको नेतृत्वमा नेपाल समूहको सांसद सहभागी हुने नेपाल पक्षका सांसद झपट रावलले  न्यूजपोलारलाई जानकारी दिनुभयो । 

यस्तै बालुवाटारमा बस्ने बैठकमा वरिष्ठ नेता माधव कुमार नेपाल र अर्का नेता भीम रावल भने सहभागी नहुने नेता रावलले  बताउनुभयो ।