७ आश्विन २०८३, बुधबार Wednesday, September 23, 2026
७ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार News Polar प्रधानमन्त्री शाह न्यूयोर्कमा News Polar फ्लाई दुबईको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण News Polar आर्थिक विकासमा लघु, घरेलु तथा साना उद्योगको विकास अपरिहार्य: अर्थमन्त्री डा वाग्ले News Polar पत्रकारिताको व्यावसायिकता र संस्थागत गरिमा जोगाउन आत्मसमीक्षा आवश्यक छः सञ्चारमन्त्री डा तिमिल्सिना News Polar ‘सीप तथा रोजगार मेला’मा भाग लिने प्रत्येक युवाले आफ्नो भविष्यको स्पष्ट मार्गचित्र भेट्टाउन सकोस् भन्ने उद्देश्य हो – युवा,श्रम तथा रोजगार मन्त्री यादव News Polar कार्यवाहक प्रधानमन्त्री वाग्ले र कृषि मन्त्री चौधरीबीच भेटवार्ता News Polar मन्त्री बादी र आइएफआरसी क्षेत्रीय निर्देशकबीच भेट News Polar बिपी राजमार्गको ट्रयाकको काम केही दिन स्थगित गरिने News Polar कांग्रेसका ५१२ पालिकामा अधिवेशन, बाँकी २४१ मा असोज ८ र ९ गते जारी रहने News Polar १८ वर्ष नपुगेकालाई कांग्रेसको सदस्यता नदिइने, सुजल चापागाईँको क्षेत्रीय प्रतिनिधि जिम्मेवारी स्थगित News Polar अध्यक्षमाथि मात्रै दोष नथोपरी एमाले एकढिक्का भएर चुनावमा जानुपर्छ : सूर्य थापा News Polar एमाले एकढिक्का भएर सरकारका गलत कामविरुद्ध उभिनुपर्छ : बडाल News Polar भोटेकोशी बाढीले क्षतिग्रस्त पिमलटार–जागाराम झोलुङ्गे पुल पुनः सञ्चालन News Polar भारी वर्षाको सम्भावनापछि बीपी राजमार्गको ट्रयाक निर्माण केही दिन रोकिँदै News Polar रैथाने बाली सङ्कटमा News Polar महामारीजन्य पशुरोग नियन्त्रणका लागि नयाँ कानुनी ढाँचा आवश्यक : मन्त्री चौधरी News Polar अण्डाको मूल्य बढ्यो

भूकम्पपीडितको व्यथा– ‘त्रिपालभित्र सुतेर बिहान उठ्दा ब्ल्याङकेट भिजेको अवस्थामा हुन्छ'(भिडियोसहित)

भूकम्पपीडितको व्यथा– ‘त्रिपालभित्र सुतेर बिहान उठ्दा ब्ल्याङकेट भिजेको अवस्थामा हुन्छ'(भिडियोसहित)
अ+ अ-

जाजरकोट । अस्थायी आवास निर्माण सम्पन्न नहुँदा जाजरकोटका भूकम्प प्रभावितहरुको जनजीवन कष्टकर बनेको छ ।

गत कार्तिक १७ गते राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ म्याग्निट्युडको भूकम्प गएको थियो । भूकम्पमा ठूलो मात्रामा मानविय, आर्थिक तथा भौतिक क्षति भएको थियो । भूकम्पका कारण भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिमका करिव सबै घरहरु क्षतिग्रस्त भएका छन् ।

सरकारले अस्थायी आवास निर्माणका लागि भनेर ५० हजार रुपैयाँ दिने घोषणा गरेपनि आजसम्म भूकम्प प्रभावितहरुको अस्थायी आवास निर्माण सम्पन्न हुन सकेको छैन । सरकारले २५/२५ हजार रुपैयाँका दरले दुई पटक गरेर अस्थायी आवास निर्माणका लागि ५० हजार दिने कार्यविधि बनाएको छ । सोही कार्यविधि अनुरुप भूकम्प प्रभावितहरुले रकम भने लिइरहेका छन् । तर मौसमी प्रतिकुलताका कारण भूकम्प प्रभावितहरुको जनजीवन भने दिन प्रतिदिन प्रभावित बन्दै गइरहेको छ । प्रभावितहरु त्रिपालमुनि रात बिताउन बाध्य छन् । कठ्याङ्ग्रिदो जाडोमा त्रिपालले समेत थेग्ने अवस्था नहुँदा प्रभावितहरुले सरकारले अस्थायी आवास निर्माण छिटोभन्दा छिटो सम्पन्न गर्नका लागि सहजीकरण गर्नुपर्ने आग्रह गरिरहेका छन् ।

जाजरकोटको भूकम्प प्रभावित भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तीले आफूहरु अस्थायी आवास कसरी दिने भन्ने कुराको दबाबमा रहेको बताउनु भयो । उहाँले भेरी नगरपालिकामा मात्रै ४५ जनाको ज्यान गएको उल्लेख गर्दै ठूलो संख्यामा पूर्वाधारको क्षति भएको बताउनु भयो । घर भग्नावशेषमा परिणत भएका र आशिंक क्षति भएकाहरुमा पनि बस्न सक्ने अवस्था नहुँदा त्रिपालले मात्रै जाडो धान्न नसकेको उहाँको भनाई छ ।

त्रिपालले जाडो छेकेन, टेन्ट सबैलाई दिन सकिएन ,त्रिपालभित्र सुतेर बिहान उठ्दा ब्ल्याङकेट भिजेको अवस्थामा हुन्छ

नगरप्रमुख घर्तीकाअनुसार भूकम्प प्रभावित सबैले त्रिपाल पाएका छन् । तर त्रिपालभित्र सुतेर बिहान उठ्दा ब्ल्याङ्क्वेट भिजेको अवस्थामा हुने गरेको उहाँको भनाई छ । एउटा त्रिपालबाट हिउँद कटाउन पर्याप्त नहुने उहाँले बताउनु भयो । त्रिपालको विकल्पमा टेन्ट दिन सकिएको भए केही सहज हुने र टेन्ट पर्याप्त मात्रामा नआएको उहाँले उल्लेख गर्नुभयो । दातृ निकायले थोरै संख्यामा ल्याएका टेन्टहरु दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवति महिला, सिकिस्त घाइते र मृतक परिवारलाई दिइएको छ तर अरुलाई दिन सकिएको छैन । नगरप्रमुख घर्तीले त्रिपालमुनि बस्दा झनै समस्या बढ्न थालेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘पीडित सबैको घरमा त्रिपाल पुगेको छ । तर त्रिपालमुनि सुत्दाखेरी निकै कष्टकर भइसक्यो । बेलुका सुतेको मान्छे बिहान उठ्दा ब्ल्याक्वेट भिजेको अवस्था देखियो । अब त्रिपालले हिउँद कटाउन पर्याप्त भएन । उपयुक्त राहतको सामग्री हुन सकेन । यसको विकल्पमा टेन्ट दिन सक्नुपथ्र्यो । टेन्ट नेपालमा उत्पादन नहुँदो रहेछ । टेन्टको बारेमा स्थानीय सरकार, दातृ निकाय, प्रादेशिक सरकार हुँदै नेपालमा उत्पादन नहुने हुँदा यो जटिल देखेँ मैले ।

केही दातृ निकायले ल्याउनुभएको छ भने हामी दीर्घरोगी, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवति महिला, सिकिस्त घाइते, मृतक परिवारलाई छुट्याएको हुन्छौँ । बाँकीलाई पुगेन । त्यसैले हामीलाई चुनौति भएको छ । त्रिपाल हाम्रो स्वास्थ्यको हिसावले राम्रो हुन सकेन । यो घातक भएको छ । यो कुरा मैले प्रदेश सरकार र संघीय सरकारका सरोकारवाला व्यक्तित्वहरुदेखि लिएर सांसदहरुमा पुर्‍याएको छु ।’

नागरिकको अपेक्षा– छिटोभन्दा छिटो अस्थायी आवासको उपलब्धता

भूकम्प प्रभावितहरुले जटिसक्दो छिटो अस्थायी आवास निर्माण सम्पन्न होस् भन्ने चाहेका छन् । नगरप्रमुख घर्तीकाअनुसार जाडोको यो समयमा जाजरकोटका माथिल्लो भागहरुमा हिउँ पर्ने गर्छ । केन्द्र भाग रामीडाँडाँमा पनि हिउँ पर्छ । नलगाड नगरपालिका र भेरी नगरपालिकाको वडा नं.२ र वडा नं.६ मा पनि हिउँ पर्ने सम्भावना हुन्छ । तसर्थ हिउँबाट जोगाउनका लागि पनि अस्थायी आवास तुरुन्त आवश्यक भइसकेको छ ।

भेरी नगरपालिका प्रमुख भन्नुहुन्छ – ‘नागरिकको अपेक्षा जतिसक्दो हामीलाई अस्थायी आवास दिए हुन्थ्यो भन्ने नै छ । हामी एक्लै रहेनछौँ भन्ने चाहीँ पुष्टि भएको छ । हृदय सफा भएका विभिन्न किसिमका दातृ निकायहरु, व्यक्तिहरु जुटेर एकपछि अर्को राहतको सामग्री पुर्‍याइदिनुभएको छ । जस्तै: ब्ल्याङ्क्वेटहरु, न्यानो कपडाहरु, खाद्य सामग्रीहरु आउने क्रम जारी छ । यो मितिमा हिउँदको समय छ । सित परिरहेको छ । मौसम परिवर्तन भयो भने त्यहाँ हिउँ पर्ने अवस्था पनि हो । माथिल्लो भागमा हिउँ पर्छ । जस्तो: केन्द्र भाग रामीडाँडाँमा हिउँ पर्छ । नलगाड नगरपालिकामा पनि हिउँ पर्छ । र मेरो भेरी नगरपालिका हो, केही वडाहरुमा वडा नं. २, वडा नं. ६ को भू–भागमा हिउँ पनि पर्छ । त्यसो भएको हुनाले जतिसक्दो छिटो एउटा छानायुक्त भवन, अस्थायी अवास आवश्यक छ । अधिकांश घरहरु चर्किएका छन् । खतरायुक्त घरहरु छन् । त्यसकारणले जतिसक्दो छिटो अस्थायी आवास निर्माण गरिदिओस् भन्ने नै छ ।’

आंशिक रुपमा चर्किएका घर भत्काउन चाहँदैनन् प्रभावितहरु ,कार्यविधिले थप जटिलता

भूकम्प प्रभावितहरुका लागि अस्थायी आवास निर्माणका लागि संघीय सरकारले कार्यविधि नै बनाएर पठाएको छ । सोअनुसार आंशिक रुपमा चर्किएका घरहरु पनि भत्काउनुपर्ने र अस्थायी आवास बनाउनुपर्ने उल्लेख गरिएको छ । तर आंशिक रुपमा चर्किएका घरहरु मानिसहरुले भत्काउन चाहिरहेका छैनन् । उनीहरु घर नभत्काइ अस्थायी आवास बनाउन चाहन्छन् तर कार्यविधिले त्यसो गर्न नदिँदा प्राविधिक रुपमा जटिलता देखिएको नगरप्रमुख घर्ती बताउनुहुन्छ । आफूहरुले सो समस्याका बारेमा भूकम्प प्रभावित क्षेत्रमा अनुगमनका लागि आएका संसदीय समितिहरुलाई पनि जानकारी गराएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘यसमा संघीय सरकारबाट आएको छ कार्यविधि । हामीले त्यो कार्यविधिमै टेकेर गर्नुपर्छ । कार्यविधिका केही प्राविधिक जटिलताहरु रहेछन् । जस्तो: एउटा जटिलता, कतिको घर आंशिक रुपमा चर्किएको छ । त्यो खतरा नै हो एक किसिमको । अर्को भूकम्प आएपछि त्यो घर जान्छ । हामीले त लाभग्राही पहिचान भइसकेपछि तिमीले अस्थायी अवास बनाउन त्यो घर भत्काउनुपर्नेछ अन्यथा अस्थायी आवासका लागि तिमी योग्य ठहरिँदैनौ भन्छौँ । तर धेरै लाभग्राहीको कुरा यो नभत्काएर नै हामीले अस्थायी अवास बनाउने र प्रयोगमा ल्याउने भन्नेकुरा जटिलता आएको छ । हामीले संसदीय समितिहरुलाई पनि जानकारी गराएका छौँ ।’

विद्यालय, स्वास्थ्यचौकी र प्रशासनिक भवनहरुको पुन:निर्माणमा संघीय सरकार उदासिन

भूकम्पका कारण भेरी नगरपालिका लगायत प्रभावित क्षेत्रहरुमा रहेका विद्यालय, स्वास्थ्यचौकी र विभिन्न प्रशासनिक भवनहरु पूर्ण अथवा आंशिक रुपमा क्षतिग्रस्त बनेका छन् । तर त्यसको पुन:निर्माणका सम्बन्धमा संघीय सरकार उदासिन बनेको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती बताउनुहुन्छ । स्थानीय तहको स्रोत, साधनले नपुग्ने अवस्था रहेको उहाँको भनाई छ । संघीय सरकारले अस्थायी आवास बनाउने कार्यविधिमा पनि विद्यालय, स्वास्थ्यचौकी लगायतका संरचनाहरुको बारेमा केही नबोलेको उहाँले बताउनु भयो । केही ठाउँमा भने विभिन्न दातृ निकायहरुको सहयोगमा अस्थायी रुपमा पठन–पाठन गराउनका लागि संरचनाहरु बनेका उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘कार्यविधिमा अस्थायी आवासको मात्रै कुरा गरेको छ । अस्थायी रुपमा पठनपाठन गर्न केही बोलेको छैन । स्वास्थ्य चौकीको बारेमा पनि केही बोलेको छैन । हामी आफैँ अगाडी बढेर, दातृ निकायहरुसँग अनुरोध गरेर अगाडी बढेको हुनाले विभिन्न दातृ निकायहरु आइदिनुभएको छ । र हामीले उहाँहरुलाई विभिन्न स्कुलहरुमा कामहरु धमाधम भइरहेको छ । तर संघीय र प्रदेश सरकारबाट कुनै कार्यविधि र बजेट विनियोजनको कुनै कुरा आइपुगेको छैन । ध्वस्त भएका स्वास्थ्य चौकीहरु, संस्थागत भवनहरुका बारेमा कार्यविधि केही बोलेको छैन ।’

भूकम्प प्रभावितहरुले दाताहरुबाटै सोझै राहतका सामग्रीहरु पाउने अवस्था नभएपनि जिल्ला विपद् व्यवस्थापन समितिमार्फत पाइरहेका छन् । स्थानीय तहले पनि समितिलाई सामान थन्किने, पीडितले नपाउने, निकै लामो समय कुर्नुपर्ने जस्तो समस्याहरु नआउन् भनेर झक्झकाइरहेको छ । तसर्थ यस प्रकारको समस्या अहिले नआएको नगरप्रमुख घर्तीले बताउनु भयो ।

दातृ निकायलाई अनुरोध– ‘अस्थायी आवास बनाउन सहयोग गरिदिनु होस्’ अहिले दाताको आवश्यकता छ तर कोही छैन

भूकम्प प्रभावितहरुले यतिखेर दातृ निकाय तथा संघसंस्थाहरुलाई सम्झिइरहेका छन् । भूकम्पका बेलामा घुइँचो लाग्नेगरी पुगेका सहयोगी हातहरु अहिले बिस्तारै कम हुँदै गएका छन् । तर वास्तविक सहयोग यतिखेर चाहिएको छ भन्नुहुन्छ, भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्ती । उहाँले दातृ निकायहरुलाई अस्थायी आवास, स्वास्थ्यचौकी अथवा विद्यालयहरु बनादिन आग्रह गर्नुभएको छ ।

उहाँको आग्रह छ – ‘दातृ निकायलाई अनुरोध गर्दछु, स्वास्थ्य चौकी बनाइदिने हो कि ? अस्थायी आवास बनाइदिने हो कि ? सामुदायिक विद्यालय बनाइदिने हो कि ? म विनम्र अनुरोध गर्दछु । यतिखेर आइदिनुपर्‍यो यहाँ । अब यहाँ काम देखाउने बेला भएको छ । सही र उपयुक्त समय यही हो । आएर सहयोग गरिदिनु होस् ।’

संघीय सरकारलाई आग्रह, ‘पुन:स्थापनादेखि पुनर्निमाणसम्म सोचिदिनुहोस्’ कहिलेसम्म अस्थायी आवासमा बस्ने ? संघीय सरकारले भन्नुपर्छ

नगरप्रमुख घर्तीले आफूहरु अस्थायी आवास निर्माणमा लागि परिरहेको बताउनु भयो । अस्थायी अवास निर्माणका लागि संघीय सरकारलाई पनि तदारुकता, इमान्दारिता र नेतृत्वदायी भुमिका खेल्न उहाँले आग्रह गराउनु भयो । कहिलेसम्म अस्थायी आवासमा बस्ने ? भनि प्रश्न गर्दै उहाँले पुन:निर्माणदेखि पुन:स्थापनासम्मका लागि संघीय सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो – ‘अस्थायी आवास दिनको निम्ति हामी लागेकै छौँ । संघीय सरकारको तदारुकता, इमान्दारिता र नेतृत्वदायी भुमिकाको अपेक्षा गरेको छु । कहिलेसम्म अस्थायी आवासमा बस्ने ? पुन:निर्माणदेखि पुन:स्थापनासम्म सोच्न आग्रह गर्न चाहन्छु ।’