७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् विस्तार, क-कसले पाए जिम्मेवारी ?



अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि शक्तिशाली बन्नुभएको मुख्यमन्त्री राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । 

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार टङ्क आङ्बुहाङ, उषाकला राई, रामबहादुर राना र अम्बिरबाबु गुरुङलाई मन्त्री पदको जिम्मेवारी दिइएको छ । 

त्यस्तै, राजकुमार ओझा र कला घलेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्र छाड्नुभएका टङ्क आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिइएको छ । ओली समूहमा लाग्नुभएकी प्रदेशसभा सदस्य उषाकला राईले सामाजिक विकासमन्त्रीको जिम्मेवारी पाउनुभएको छ। 

माधव नेपाल समूहबाट ओली समूहमा लागेका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना मन्त्रीमा बढुवा हुनुभएको छ । मुख्यमन्त्रीका निकट सहयोगी अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा हुनुभएको छ ।

गुट परिवर्तन गर्नुभएको उदयपुरकी सांसद कला घले र मोरङका राजकुमार ओझालाई राज्यमन्त्री जिम्मेवारी दिइएको छ । घलेले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ भने राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । जिम्मेवारी पाउनुभएका मन्त्री र राज्यमन्त्रीको नाम सपथग्रहणपछि मात्रै सार्वजनिक गरिने बताइएको छ ।