६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् विस्तार, क-कसले पाए जिम्मेवारी ?

मुख्यमन्त्री राईद्वारा मन्त्रिपरिषद् विस्तार, क-कसले पाए जिम्मेवारी ?
अ+ अ-

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ । सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताएपछि शक्तिशाली बन्नुभएको मुख्यमन्त्री राईले प्रदेशको मन्त्रिपरिषद् विस्तार गर्नुभएको हो । 

मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार टङ्क आङ्बुहाङ, उषाकला राई, रामबहादुर राना र अम्बिरबाबु गुरुङलाई मन्त्री पदको जिम्मेवारी दिइएको छ । 

त्यस्तै, राजकुमार ओझा र कला घलेलाई राज्यमन्त्रीको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्र छाड्नुभएका टङ्क आङ्बोहाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालय दिइएको छ । ओली समूहमा लाग्नुभएकी प्रदेशसभा सदस्य उषाकला राईले सामाजिक विकासमन्त्रीको जिम्मेवारी पाउनुभएको छ। 

माधव नेपाल समूहबाट ओली समूहमा लागेका भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री राम राना मन्त्रीमा बढुवा हुनुभएको छ । मुख्यमन्त्रीका निकट सहयोगी अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार राज्यमन्त्रीबाट मन्त्रीमा बढुवा हुनुभएको छ ।

गुट परिवर्तन गर्नुभएको उदयपुरकी सांसद कला घले र मोरङका राजकुमार ओझालाई राज्यमन्त्री जिम्मेवारी दिइएको छ । घलेले भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ भने राजकुमार ओझाले उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीको जिम्मेवारी पाउनुभएको छ । जिम्मेवारी पाउनुभएका मन्त्री र राज्यमन्त्रीको नाम सपथग्रहणपछि मात्रै सार्वजनिक गरिने बताइएको छ ।