७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल समूहका सांसदसहित एमाले संसदीय दलको बैठक सुरु, गौतम पनि उपस्थित



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (एमाले) संसदीय दलको बैठक सुरु भएको छ। 

एमाले ब्युँतिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा पहिलोपटक माधवकुमार नेपाल र झलनाथ खनाल समूह सहितको बैठक बसेको हो । बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि उपस्थित हुनुभएको छ । 

यसअघि माधव नेपाल समूहले ओलीले बोलाउने बैठकमा नजाने अडान लिएका थिए । तर आज बसेको केन्द्रीय कमिटीको बैठकले भने अडान सहित बालुवाटार बैठकमा जाने निर्णय गर्दै बैठकमा सहभागी भएका हुन्।