• ६ जेष्ठ २०८१, आईतवार
  •      Sun May 19 2024
  •   Unicode
Logo
Latest
★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’ ★   कांग्रेसलाई चेतावनी दिँदै रविले भने – तपाईँको गनगनले मात्र देश चल्दैन, झुटा मुद्दाले म डराउँदिन ★   प्रतिनिधिसभा बैठक जारी

स्वच्छ उर्जाको आदानप्रदानबाट दक्षिण एशियामा जलवायु परिवर्तनको असर कम गर्न सकिन्छ’



काठमाडौं । स्वच्छ उर्जाको आदान–प्रदानले दक्षिण एशियामा जलवायु परिवर्तनको असर कम गर्न सकिने सरोकारवालाहरुले बताएका छन् । रोल…

आईतवार काठमाडौंमा भएको दक्षिण एशियाका सांसदहरुबीच जलवायु परिवर्तन सम्बन्धि छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् ।

उनीहरुले विश्वमा जलवायु परिवर्तनका कारण परेको असर दक्षिण एशियाका मुलुकहरुले नै भोगिरहेको बताए । जलवायु परिवर्तन न्युनिकरण प्राकृतिक स्रोतहरुको माध्यमबाट गर्न आवश्यक रहेको सरोकारवालाहरुको ठम्याई छ । उनीहरुले जलवायु परिवर्तनको असर न्युनिकरण गर्नको लागि उत्सर्जन कम गर्न नेपाल लगायतका देशमा उत्पादन भएको जलविद्युतलाई आदानप्रदान गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर दक्षिण एशियाको ग्रिन उर्जा,पिउने पानी लगायतका क्षेत्रमा देखिएको बताउनु भयो ।

उहाँले दक्षिण एशियाका देशहरुमा नेपालमा विद्युत उत्पादन गरेर विद्युत व्यापारको माध्यमबाट जलवायु परिवर्तनको असर न्युनिकरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनले पारेको असर न्युनिकरण र अनुकुलन भन्दा पनि नेपालले जलवायु परिवर्तनबाट न्याय पाउन आवश्यक रहेको बताउनु भयो । उहाँले जलवायु परिवर्तनबाट हुने प्रदुषण उत्सर्जन नेपालबाट कम रहेको तर जलवायु परिवर्तनले पारेको प्रभावमा नेपाल अग्रस्थानमा रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जलवायु परिवर्तनको असर नेपालको ग्रिन उर्जा,पिउने पानी लगायतका क्षेत्रमा जबरजस्त असर पर्ने देखिएको छ । यो विषय नेपालको मात्रै रहेन । यो दक्षिण एशिया क्षेत्रकै लागि ग्रिन उर्जा,पिउने पानी लगायत भिभिआइएनमा समेत प्रभाव पार्छ । अहिले जसरी भिभिआइएनको कुरा भइरहेको छ यो सकारात्मक छ । भिभिआइएनको प्रमुख भुमिका विद्युत व्यापारको माध्यमबाट जलवायु परिवर्तनको असर न्युनिकरण गर्ने हुनुपर्छ । यसको लागि सरकारले गर्नुपर्ने सहयोग रहन्छ ।

जलवायु परिवर्तनले पारेको असर न्युनिकरण र अनुकुलन भन्दा पनि जलवायु परिवर्तनबाट न्याय पाउनु महत्वपूर्ण छ । जलवायु परिवर्तन न्युनिकरण गर्ने र अनुकुलन गर्ने काम हुँदै न्याय महत्वपूर्ण छ । किनकी जलवायु परिवर्तन असर पुर्‍याउने विषयमा प्रदुषण एकदमै कम छ । ०.०२७ प्रतिशत मात्रै रहेको छ । तर जलवायु परिवर्तनले पारेको प्रभावमा नेपाल अग्रस्थानमा छ । जलवायु परिवर्तन गराउन उत्पन्न हुने प्रदुषण कम छ तर त्यसको मारमा नेपाल रहेकाले त्यस बीचको ग्यापले न्याय खोजिरहेको छ । कोप २८मा नेपालका प्रधानमन्त्रीको उपस्थिति निकै महत्वपूर्ण भयो ।’

कार्यक्रममा बोल्दै विकास तथा प्रविधि समिति सभापति दीपकबहादुर सिंहले सार्क देशहरु विभिन्न वातावरणीय चुनौतिहरु सामना गरिरहेको बताउनु भयो । उहाँले विश्वको २५ प्रतिशत जनसंख्याको घर रहेको दक्षिण एशिया क्षेत्र आर्थिक विकासको मामिलामा पछाडि रहेको बताउनु भयो । उहाँले विश्वमा जलवायु परिवर्तनको असरबाट उच्च जोखिममा दक्षिण एशियाली मुलुकहरु रहेको बताउनु भयो । उहाँले विकसित देशहरुको समृद्धिको मूल्य नेपाल जस्ता मुलुकले भोग्नु दुखद् पक्ष भएको बताउनु भयो ।

सभापति सिंहले जलवायु परिवर्तनको कारण उत्पन्न भइरहेका समस्या सामना गर्न र क्षति न्युनिकरण गर्न सहयोग गर्नु विकसित देशहरुको जिम्मेवारी र दायित्व भएको बताउनु भयो । उहाँले दक्षिण एशियाका देशहरुबीच व्यापार सहकार्य विश्वका अन्य देशहरुसँग हुने व्यापार तुलनामा अत्यन्तै कमजोर रहेको पनि बताउनु भयो । उहाँले जलवायु परिवर्तनको असर न्युनिकरणको लागि विद्युत व्यापार आदानप्रदान गर्ने विषयमा भारतले नेतृत्व गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले दक्षिण एशियाका मुलुकहरुमा उत्पादन हुने उर्जा आवश्यकताअनुसार कुनैपनि मुलुकहरुले निर्वाध रुपमा प्रयोग गर्ने वातावरण बनाइ दक्षिण एशियालीमा उर्जा सहकार्यको मुख्य उद्देश्य बन्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘सार्क देशहरुले विभिन्न वातावरणीय चुनौतिहरु सामना गरिरहेका छौं । विश्वको २५ प्रतिशत जनसख्याको घर रहेको यस क्षेत्र आर्थिक विकासको मामिलामा पछाडि रहेको र जनतालाई आधारभुत सेवा सुविधाको सुनिश्चितामा अधिकाश स्रोतहरु प्रयोग हुने गरेको छ । विश्वको जलवायु परिवर्तनमा अत्यन्तै कम असर गर्ने देशहरु भएपनि यसको उच्च जोखिम व्यहोर्नुपर्ने सूचिमा दक्षिण एशियाली मुलुकहरु रहेका छन् । विकसित देशहरुको समृद्धिको मूल्य हामीले भोग्नुपर्ने दुखको विषय हो ।

जलवायु परिवर्तनको कारण उत्पन्न भइरहेका समस्या सामना गर्न र क्षति न्युनिकरण गर्न सहयोग गर्नु विकसित देशहरुको जिम्मेवारी र दायित्व हो । मलाई आशा छ । सार्क देशहरुले गर्नुपर्ने कामहरु धेरै छन् । सार्क देशहरुबीच व्यापार सहकार्य विश्वका अन्य देशहरुसँग हुने व्यापार तुलनामा अत्यन्तै कमजोर रहेको छ । यो यथार्थलाई बदल्न सबै क्षेत्रिय मुलुकहरुले इमान्दारी प्रयास जरुरी छ । यो उदेश्यको नेतृत्व भारतले गर्नुपर्छ । सार्क मुलुकहरुको उत्पादन हुने उर्जा आवश्यकताअनुसार सार्कका कुनैपनि मुलुकहरुले निर्वाध रुपमा प्रयोग गर्ने वातावरण बनाइ दक्षिण एशियालीमा उर्जा सहकार्यको मुख्य उद्देश्य बन्नुपर्छ । यसले व्यापार सहकार्य बलियो बनाउन मद्दत गर्छ ।’

कार्यक्रममा बोल्दै सांसद ठाकुरप्रसाद गैरेले नेपालले विद्युत विकासको दीर्घकालिन मार्गचित्र बनाइरहेको बताउनु भयो । उहाँले सन् २०३० सम्ममा २९ हजार मेगावाट विद्युत उत्पादन गर्ने,१५ हजार आन्तरिक खपत गर्ने र १४ हजार मेगावाट विद्युत व्यापार गर्ने लक्ष्य लिएकाले नेपालका उत्पादन भएको विद्युत दक्षिण एशियाका मुलुकहरुले प्रयोग गरी उत्सर्जन कम गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले भारतसँग १० हजार र बंलादेशसँग पनि विद्युत व्यापारको सम्झौता भएको भन्दै यसमा भारतको महत्वपूर्ण सहयोग आवश्यक रहेको बताउनु भयो । उहाँले दक्षिण एशियाली देशहरु भूराजनीतिका प्रभावहरुबाट मुक्त भएर आपसी हित र सहकार्यलाई मजबुत बनाएर जानु पर्नेमा जोड दिनुभयो । उहाँले जलवायु परिर्वतनको असरबाट मानव जीवनको रक्षाका लागि क्षेत्रिय देशहरुको सहकार्य र सबै देशहरु बीचको एकतावद्ध पहल कदमी गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो,‘नेपालले विद्युत विकासको दीर्घकालिन मार्गचित्र बनाइरहेको छ । जस अनुसार २०३० सम्ममा २९ हजार मेगावाट विद्युत उत्पादन गर्ने,१५ हजार आन्तरिक खपत गर्ने र १४ हजार मेगावाट विद्युत व्यापार गर्ने लक्ष्य लिएको छ । भारतसँग १० हजार र बंलादेशसँग पनि विद्युत व्यापारको सम्झौता भएको छ । यसमा भारतको महत्वपूर्ण सहयोग आवश्यक छ । भूराजनीतिका प्रभावहरुबाट मुक्त भएर आपसी हित र सहकार्यलाई मजबुत बनाएर जानुपर्छ । एशियामा जलवायु परिवर्तनको असरले परिरहेका असरहरु रहेका छन् । जलवायु परिवर्तनको असरबाट मानव जीवनको रक्षाका लागि क्षेत्रिय देशहरुको सहकार्य र सबै देशहरु बीचको एकतावद्ध पहल कदमी गर्न आवश्यकता छ ।’

कार्यक्रममा बोल्दैसांसद प्रदीप पौडेलले नेपालको विद्युतीय व्यापार महत्वपूर्ण रहेको बताउनु भयो । उहाँले नेपालले क्षेत्रिय स्तरमा उर्जाको विकास गर्दै उर्जाको दिगो विकासमा काम गरी दक्षिण एशियाली मुलुकमा समेत व्यापार बिस्तार गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले नेपालमा जलवायु परिवर्तनले नदि प्रणालीमा असर पारिरहेको भन्दै यसलाई क्षेत्रिय सहयोगको माध्यमबाट सम्बोधन गर्दै लैजानुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले नेपालले उत्पादन गर्ने विद्युतलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने दायित्व पनि दक्षिण एशियाली मुलुकको भएको बताउनु भयो । सांसद पौडेलले नेपालको उर्जा क्षेत्र विकासको २०३०को मार्गचित्रले विद्युत व्यापारमा वृद्धि हुने अपेक्षा रहेको बताउनु भयो । उहाँले विद्युत व्यापार सरकारले मात्रै गरेर नहुने भन्दै निजी क्षेत्रलाई पनि समावेश गर्नुपर्ने बताउनु भयो । उहाँले विद्युत विकास सम्बन्धि पूर्वाधारहरु निर्माण गर्न सरकारले निजी क्षेत्रसँग सहकार्य आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘नेपालको विद्युतीय व्यापार महत्वपूर्ण छ । नेपालले क्षेत्रिय स्तरमा उर्जाको विकास गर्दै उर्जाको दिगो विकासमा काम गर्नसक्छ । नेपालका जलवायु परिवर्तनले नदी प्रणालीमा असर पारिरहेको छ । यसलाई क्षेत्रिय सहयोगको माध्यमबाट सम्बोधन गर्दै लैजानुपर्ने आजको आवश्यकता छ । नेपालले उत्पादन गर्ने विद्युतलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने दायित्व हामी समक्ष आएको छ । नेपालको उर्जा क्षेत्र विकासको २०३० को मार्गचित्रले विद्युत व्यापारमा वृद्धि हुनेछ । व्यापार सरकारले मात्रै गरेर हुँदैन । निजी क्षेत्रलाई पनि समावेश गर्न सक्नुपर्छ । विद्युत विकास सम्बन्धि पूर्वाधारहरु निर्माण गर्न सरकारले निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्छ ।’

कार्यक्रममा बोल्दै सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर न्युनिकरण गर्न नेपालको जलस्रोतबाट दक्षिण एशियामा योगदान गर्ने बताउनु भयो । उहाँले जलविद्युतमा क्षेत्रिय सहयोगका हिसावले नेपालले प्रभावकारी भुमिका खेलिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘जलवायु परिवर्तनको असर न्युनकरण गर्न नेपालको जलस्रोतबाट दक्षिण एशियामा योगदान गर्नसक्छौं । क्षेत्रिय सहयोगका हिसावले नेपालले प्रभावकारी भुमिका खेलेको छ । बंगलादेश, भूटान भारत र नेपालबीचको ट्रान्समिसन लाइन जतिसुकै बेलामा सञ्चालन हुने प्रकारको पूर्वाधारको ग्यारेन्टी गर्न सकेपछि यो क्षेत्रको जलवायु परिवर्तनको न्युनिकरणमा अरु महत्वपूर्ण भुमिका निर्वाह गर्नसक्छौं । नेपालले जति धेरै विद्युत उत्पादन गरे पनि पूर्वाधार निर्माण नै चुनौति रहेको छ ।’

उहाँले बंलादेश, भूटान भारत र नेपालबीचको ट्रान्समिसन लाइन जतिसुकै बेलामा सञ्चालन हुने प्रकारको पूर्वाधारको ग्यारेन्टी गरी यो क्षेत्रको जलवायु परिवर्तनको न्युनिकरण गर्न सकिने उल्लेख गर्नुभयो ।