७ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र रावलमाथि अनुशासनको कारबाही हुने, गुटका कुनै शर्त मान्य हुँदैनः प्रधानमन्त्री ओली



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कुनै पनि गुटले राखेका शर्तहरु मान्य नहुने बताउनुभएको छ ।  

एमाले संसदीयदलको बैठकमा बौल्दै प्रधानमन्त्री ओलीले अर्का नेता माधव नेपाल पक्षले राखेका कुनै शर्त स्वीकार्य नहुने स्पष्ट पार्नुभयो । उहाँले गुटगत र समूहगत आधारमा छलफल नहुने भन्दै एमाले २०७५ जेठ २ मै फर्किएको र माओवादीबाट एमालेमा आएका नेताहरु पार्टी र सरकारको पक्षमा उभिएकाले उनीहरूको व्यवस्थापन मात्र गरेको जानकारी गराउनुभयो । 

प्रधानमन्त्री ओलीले माधव नेपाल र भीम रावलको स्पष्टीकरण अत्यन्त नकारात्मक कोणबाट आएकाले उनीहरु कारवाहीको भागीदार हुने बताउनुभयो ।  

नेता नेपाल र रावलले स्पष्टीकरण बुझाएपनि नेता धनश्याम भुषाल र सुरेन्द्र पाण्डेले भने बुझाउनु ठिक सुरु भएलगत्तै नेता खनाल  पार्टी एकता जोगाउन एमालेलाई २०७५ जेठ २ कै अवस्थामा फर्काउनुपर्ने  घारणाा राख्दै आफना भनाई राखेर बाहिरिनुभएको थियो । 

खनालले राखेको बिषयमा जबाफ दिँदै प्रधानमन्त्री ओलीले कुनै पनि सर्त स्वीकार्य नहुने स्पष्ट पार्नुभएको हो ।  उहाँले बैठकमा भन्नुभयो मलाई त उहाहरुले प्रचण्डसँग मिलेर पार्टी सदस्यताबाट समेत निष्कासन गर्नुभएको थियो , त्यस्तो अपराध गर्नेहरूलाई पनि आफूले स्पष्टीकरणमात्र सोधेर सुधार्न खोजको हुँ ।