२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ? राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मकवानपुरको गढीमा कोदोखेती गर्ने किसानको आकर्षण बढ्दो



अ+ अ-

मनहरी । कोदोखेती गरेबापत स्थानीय सरकारले प्रोत्साहनस्वरुप थप रकम दिने भएपछि कोदोखेती गर्ने किसानको आकर्षण बढेको छ ।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाले पालिकाभित्र उत्पादन हुने रैथाने बालीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेपछि किसान खुसी हुनुका साथै यो पेसामा आकर्षित भएका हुन् । गाउँपालिकाले कोदो प्रतिकिलो रु ५४, फापरको प्रतिकिलो रु सय र जुनेलोको प्रतिकिलो रु ८४ हुने गरी न्यूनतम समर्थन मूल्य निर्धारण गरेको हो । त्यसपछि किसानले उत्पादन गरेको कोदो बिक्री गर्न थालेका हुन् ।

यही क्रममा मकवानपुरगढी–४ कालीखोलास्थित अपाङ्गता तथा विपन्न कृषि सहकारी संस्था लिमिटेडले त्यस क्षेत्रमा किसानबाट उत्पादित कोदो खरिद गरी सङ्कलन गर्न सुरु गरेको छ । सहकारी संस्थाले गाउँपालिकाबाट तोकिएको मूल्यमा अनुदान रकमसमेत थप गरी प्रतिकिलो रु ६० का दरले कोदो खरिद गरिएको सहकारीका अध्यक्ष दिलबहादुर योञ्जनले जानकारी दिनुभयो ।

कोदो सङ्कलनको पहिलो दिन ११ किसानबाट एक हजार पाँच सय किलोभन्दा बढी खरिद भएको सहकारीका सचिव कृष्णबहादुर घलानले बताउनुभयो । कोदो बिक्री गर्ने किसानमध्ये मकवानपुरगढी–४ का किसान सुकुमबहादुर घलानले सबैभन्दा धेरै पाँच सय किलो कोदो बिक्री गर्नुभएको छ ।

गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तान र वडा नं ४ का वडाध्यक्ष अर्जुनप्रसाद तिमिल्सिनाको उपस्थितिमा कोदो खरिद तथा सङ्कलनको कार्य सुरु गरिएको हो । गाउँपालिका अध्यक्ष स्याङ्तानले ८६ वर्षीय किसान वीरबहादुर योञ्जनलाई चेक हस्तान्तरण गरेर कोदो खरिदको कार्य सुरु गर्नुभएको थियो । अपाङ्गता तथा विपन्न कृषि सहकारी संस्थाले गाउँपालिकाको सहयोगमा गत वर्षदेखि कालीखोला ब्रान्डको कोदो पिठो प्याकेजिङ गरी बजारमा बिक्री गरिरहेका छन् । रासस