२० मंसिर २०८२, शनिबार
,
Latest
दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा गएका श्रमीकहरुलाई मताधिकार दिएमात्रै उनीहरुका मुद्दा सम्बोधन हुन्छन्: सरोकारवाला



अ+ अ-

काठमाडौँ । वैदेशिक रोजगारीमा गएका श्रमीकहरुलाई मताधिकार दिएमात्रै राजनीतिक दलका नेताहरुले उनीहरुका मुद्दा सम्बोधन गर्नसक्ने सरोकारवालाहरुले बताएका छन् ।

सोमवार ललितपुरमा भएको वैदेशिक रोजगारीको उज्यालो र अध्याँरो पाटो विषयक सडक बहसमा बोल्दै सरोकारवालाहरुले यस्तो बताएका हुन् । उनीहरुले कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने मात्रै राजनीतिक पार्टीहरुले श्रमीकका मुद्दामा बोल्न शुरु गर्ने बताए । कार्यक्रममा बोल्दै ट्रेड युनियन काँग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले वैदेशिक रोजगारीको रुपमा विभिन्न शहरमा गएर काम गर्नेहरुलाई मताधिकार दिएमात्रै राजनीतिक पार्टीहरुले उनीहरुका मुद्दा सुन्ने बताउनु भयो । उहाँले वैदेशिक रोजगारीमा गएका श्रमीकहरुले पठाएको रेमिट्यान्स सही ठाउँमा प्रयोग हुन नसकेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘वैदेशिक रोजगारीको रुपमा विभिन्न शहरमा गएर काम गर्नेहरुलाई मताधिकार दिनुपर्छ । किनभने कार्यरत स्थानबाट मतदान गर्ने अधिकार भयो भने राजनीतिक पार्टीहरुले उहाँहरु का मुद्दामा बोल्न थाल्नुहुन्छ । जब मत खाडि मुुलुकबाट आउन थाल्छ, त्यसपछि उहाँहरुका मुद्दाले ठाउँ पाउँछ । वैदेशिक रोजगारीमा गएका जतिपनि श्रमीक छन्, ति श्रमीकहरुले पठाएको रेमिट्यान्सको सही सदुपयोग भएको छैन । त्यसलाई उत्पादनमुलक क्षेत्रमा लगाउनुपर्छ, राज्यले त्यस्तो पोलिसि निर्माण गर्नुपर्छ । ३० लाख भन्दा बढी श्रमीक गएर जुन रेमिट्यान्स यहाँ भित्रिन्छ, त्यो भन्दा बढी गैरभारतीय श्रमीकहरु यहाँ काम गरेर उहाँहरुले त्यो भन्दा ठूलो रेमिटेन्स बाहिर लैजानुहुँदो रहेछ । रोजगारीमा जाने श्रमीकहरुलाई सीप दिनुपर्छ ।’

कार्यक्रममा रोजगार व्यवसायी राजेन्द्र भण्डारीले श्रमीकलाई सीपयुक्त बनाएर पठाउनसके थोरै संख्यामा गएर धेरै रेमिट्यान्स आउने बताउनु भयो । उहाँले वदेशमा गएका श्रमीकहरुबाट आएको रेमिट्यान्स रोजगारमुलक क्षेत्रमा लगाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले श्रमीकलाई सीपयुक्त बनाएर पठाउनसके उहाँहरुले थोरै संख्यामा गएर धेरै रेमिट्यान्स पठाउनुहुन्छ । नेपालमा जतिपनि शिक्षामा लगानी हुन्छ, यहाँ राम्रा विद्यालयमा पढाएका विद्यार्थीहरु बाहिर गएर उतै बस्ने र यताको बेचेर सम्पती लैजाने गर्नुहुन्छ । यहाँ विदेशमा गएका श्रमीकहरुबाट आएको रेमिट्यान्स रोजगारमुलक क्षेत्रमा लगाएर राज्यले युवाहरुलाई जोड्नुपर्छ । विदेशमा पठाउनुपर्छ भन्दा पनि गुणस्तरीय श्रमीक पठाऔँ । बाक्लो संख्यामा कामदार पठाएका मुलुकमा श्रम सम्झौता गरी दुतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्छ । सुरक्षित आप्रवासनको लागि हामी जिम्मेवार हुनुपर्छ ।’

रोजगार व्यवसायी भण्डारीले बाक्लो संख्यामा कामदार पठाएका मुलुकमा श्रम सम्झौता गरी दुतावास खोल्ने, कामदार पठाउने काममा लाग्नुपर्ने र श्रमीकको सुरक्षित आप्रवासनको लागि जिम्मेवार हुनुपर्ने बताउनु भयो ।