६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

आन्दोलनकारी शक्ति मिल्नु आवश्यक छः अध्यक्ष थापा

आन्दोलनकारी शक्ति मिल्नु आवश्यक छः अध्यक्ष थापा
अ+ अ-

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा राजनीतिक स्थायित्व ल्याउन र बाह्य शक्तिको चलखेललाई निस्तेज पार्न आन्दोलनकारी शक्ति तथा परम्परागत शक्तिबीच अहिले मिलन बिन्दुको आवश्यकता खड्किएको बताउनुभएको छ । 

राप्रपा मकवानपुरको ३१औं जिल्ला अधिवेशनको आज हेटौँडामा उद्घाटन कार्यक्रममा उहाँले राप्रपा मन, बचन र कर्मले मौजुदा संविधान, जनता र संसदीय प्रजातन्त्रप्रति अटल आस्था रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले देशमा राजनैतिक अस्थिरता बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले मुलुकलाई हिंसात्मक दंगा, तोडफोड र वैचारिक द्वन्द्वबाट पृथक राख्न मौजुदा सरकारले भविष्यमा जनतामा जाने निर्वाचनको मार्ग रोज्नुको विकल्प नभएको उल्लेख गर्दै संसद्मा रहेका दलका तर्फबाट बन्ने वैकल्पिक सरकारले पनि राजनीतिक स्थायित्व दिन नसक्ने बताउनुभयो ।

राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङले राष्ट्रको सार्वभौम, प्रेस स्वतन्त्रताका साथै प्रजातन्त्रलाई कमजोर तुल्याउने भूमिकामा बाह्य शक्तिले दललाई उपयोग गरेकामा चिन्ता व्यक्त गर्नुभयो । अर्का नेता विक्रम पाण्डेले राप्रपाले सबै दलसँग सहकार्य गरेर देशमा प्रजातान्त्रिक संस्कारको प्रवद्र्धन र दिगो शान्तिका लागि अगुवाई गर्ने उल्लेख गर्नुभयो । 

उक्त कार्यक्रममा राप्रपाका केन्द्रीय सदस्य गणेश थापा, मधु अधिकारी, दिपक सिंह, राजाराम बर्तौला तथा मकवानपुरका कार्यबाहक अध्यक्ष शिवराम थापा लगायतले जनताबीचमा विश्वास दिलाउने कार्यमा सधै अग्रसर रहनुपर्नेमा जोड दिनुभयो ।