• १६ जेष्ठ २०८१, बुधबार
  •      Wed May 29 2024
  •   Unicode
Logo
Latest
★   माछा मार्न जाँदा अस्ट्रेलियामा दुई नेपाली विद्यार्थीको मृत्यु ★   प्रतिनिधिसभा : बजेट वक्तव्य टेबुल, आर्थिक विधेयक पेस ★   बजेट स्वागतयोग्य र लगानीमैत्री आएको छ – अध्यक्ष ढकाल ★   सहकारीको रकम अपचलनको छानबिन गर्न संसदीय विशेष समिति गठन, को–को परे ? ★   धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत ★   नागरिकलाई आत्मविश्वास जगाउने बजेट ★   आर्थिक वृद्धिदर छ प्रतिशत ★   बढेन कर्मचारीको तलब ★   निश्चित रकम भन्दा बढी पुँजी भएका कम्पनीले अनिवार्य धितोपत्र बजारमा सूचिकरण हुनुपर्ने ★   यस्ता छन् सरकारले बजेट मार्फत ल्याएका करसम्बन्धि नयाँ व्यवस्थाहरु

आन्तरिक विवाद चुलिएपछि पोखराको प्याराग्लाइडिङ उडान बन्द



फाईल फोटो

पोखरा । आन्तरिक विवादका कारण पोखराको प्याराग्लाइडिङ बन्द भएको छ । नागरिक उड्डयन प्राधिकरणले विवाद समाधान नहुँदासम्म हालका लागि सबै उडान बन्द गर्ने निर्णय गरेको हो ।

प्याराग्लाइडिङ उडान व्यवस्थापनको जिम्मा  पाएको नेपाल हवाई खेलकुद संस्था ‘ना’ ले बुकिङ खुला गर्ने निर्णय गरेपछि यहाँका कम्पनीहरुबिच विवाद बढेको हो । नाले संस्थामा आबद्ध प्याराग्लाइडिङ कम्पनीले आफूखुसी उडान दर कायम गर्न र आफैँ बुकिङ गर्न खुला गरिदिएको छ ।

यसअघि संस्थागत रूपमा ग्राहकले नाम टिपाउने र उनीहरूलाई संस्थाले नै कम्पनी भाग लगाएर पठाउने गरेको थियो । ग्राहकले पनि निर्धारित शुल्कमा प्याराग्लाइडिङ गर्ने गर्थे । ‘ना’ को निर्णयलाई एकाथरीले ठिक मानेका छन् भने अर्को थरीले गलत भनेका छन् । दुवै पक्षको विवाद चरम भएपछि प्राधिकरणले नै बन्द गरिदिएको हो ।

विवाद चुलिएपछि खुला बुकिङ सिस्टमले अस्वस्थ प्रतिस्पर्धा हुने भन्दै पाइलटहरूले पनि प्याराग्लाइडिङ नउडाउने निर्णय गरेका छन् ।