२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने गोविन्द केसीको सर्वत्र विरोध हुनपर्छ’



अ+ अ-

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले डा. गोविन्द केसीले देश र जनताको विपक्षमा काम गरेको भन्दै सर्वत्र विरोधको लागि आह्वान गरेका छन् ।

पछिल्लो समय सुदूरपश्चिममा गेटा मेडिकल विश्वविद्यालय बन्न नदिन अनसन बस्न पुगेका अनसनविद् डा. केसीको विरोधमा रावलले टिप्पणी गरेका हुन् ।

डा. रावलले भनेका छन्- ‘डा. गोविन्द केसीको काम देश र जनताको हितमा देखिन्न । सुदूरपश्चिम प्रदेशको गेटामा स्थापना हुन लागेको स्वास्थ्य विज्ञान विश्वविद्यालय भाँड्न खोज्ने डा. गोविन्दको सर्वत्र विरोध हुनपर्छ । देशमा स्वास्थ्यकर्मी उत्पादनमा बाधा हालेर कुन शक्ति र स्वार्थको पृष्ठपोषण गर्दैछन् भन्ने प्रश्न गरौँ ।’