• ८ असार २०८१, शनिबार
  •      Sat Jun 22 2024
  •   Unicode
Logo
Latest
★   मलाई प्रधानमन्त्रीबाट हटाउन सजिलो छैन – प्रधानमन्त्री दाहाल ★   भारतीय टोलीका ब्याट्सम्यानको प्रदर्शनबाट सन्तुष्ट छैनन् प्रशिक्षक ★   इटालीको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो ★   स्वदेशमा उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नु मुख्य प्राथमिकतामा – उपप्रधानमन्त्री श्रेष्ठ ★   युक्रेनको उर्जा पूर्वाधारमा रुसी आक्रमण ★   बजेटका कारण सत्ता साझेदार दलबीच समस्या नहुने ★   नेकपा एसको महाधिवेशनका लागि एक हजार आठ सय प्रतिनिधि छनोट ★   जङ्गली हात्तीको दारासहित तीन पक्राउ ★   तनहुँमा जङ्गली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु ★   प्रहरीद्वारा एक करोडको सामान बरामद

साढे तीन वर्षभित्र काठमाडौंको फोहोरको दिगो व्यवस्थापन हुनेछ: बालेन



फाईल फोटो

काठमाडौँ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले काठमाडौं उपत्यकाको फोहोर दीर्घकालीन व्यवस्थापन गर्नका लागि आवश्यक सहयोग गर्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।

२९ औं महानगर दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकाको फोहोरको दिगो व्यवस्थापनका लागि महानगरपालिका,प्रदेश सरकार र संघीय सरकारको भुमिका उत्तिकै रहेकाले सबैले सहयोग गरिदिन आग्रह गर्नुभयो । उहाँले अबको साढे तीन वर्षभित्र फोहोरको समस्या समाधान हुनेमा आफू आशावादी रहेको बताउनु भयो । मेयर साहले तीनकुनेको मुआब्जाको समस्यालाई समाधान गर्न सहयोग गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले गर्ने कामहरु केही अझै बाँकी छन् । काठमाडौं महानगरपालिकाले वाचा गरेका कामहरु धेरै बाँकी छन् । तिमध्ये तीन वटा विशेष कामहरु जुन, तीनकुनेको मुआब्जाको समस्या, खोला अतिक्रमणको समस्या छ, फोहोर व्यवस्थापनको दीर्घकालीन ५०, सय र हजार वर्षको लागि व्यवस्थापन गर्नुपर्ने समस्या छन् । महानगरपालिका, प्रदेश सरकार र संघ सरकारले मिलेर यी तीनकुराको व्यवस्थापन गर्न सकोस् । साढे तीन वर्ष भित्र यो सम्पन्न हुनेछ भन्ने आशा छ ।’

मेयर साहले काठमाडौं उपत्यकामा खोला अतिक्रमणको समस्या समाधानका लागि पनि संघ सरकारसँग् आग्रह गर्नुभयो ।