• १५ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 28 2024
  •   Unicode
Logo
Latest
★   सात सदस्यीय समितिलाई तीन महिनाको समय दिने तयारी ★   आगामी आर्थिक वर्षको बजेट आज, के–के छन् नयाँ कार्यक्रम ? ★   गणतन्त्रको संस्थागत विकासबाटै समृद्धि हासिल गर्न सकिन्छ: सभापति देउवा ★   सुन्दर, समृद्ध र समतामूलक नेपाल निर्माण होस्ः राष्ट्रियसभा अध्यक्ष दाहाल ★   जनमुखी विकासका लागि प्रेरणा मिलोस्ः सभामुख घिमिरे ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको शुभकामना ★   अभ्यास खेलमा नेपाल क्यानडासँग ६३ रनले पराजित ★   गणतन्त्रले राजनीतिक अधिकार सुनिश्चित गरेको छः राष्ट्रपति ★   गणतन्त्र दिवस मनाइँदै ★   गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैलीसमेत होः प्रधानमन्त्री दाहाल

वर्तमान सत्ता गठबन्धन वैधानिक तरिकाले नै तोड्छौ: ओली



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता गठबन्धन तोड्ने बताएका छन् ।

‘झुलाघाट–चिवा भञ्ज्याङ सम्मृद्धिका लागि सङ्कल्प यात्रा’अन्तर्गत शुक्रवार तेह्रथुमको म्याङ्लुङमा आयोजित कार्यक्रममा बोल्दै ओलीले वर्तमान सरकार वैधानिक तरिकाले तोड्ने बताएका हुन् ।

देशको प्रगतिका बाधक बनेका गठबन्धनका अपराधहरूलाई वैधानिक ढङ्गले जनताको अभिमतबाट परास्त गर्ने बताउदै उनले भने,
‘लोकतन्त्रमा धैर्यता राखेर लोकतान्त्रिक विधिबाटै समस्या समाधान खोज्नुपर्छ । अहिले हामी सरकारमा छैनौ, हामीलाई देशी विदेशी षडयन्त्रहरू लागेर सरकारबाट हटाइयो । हामीले सुशासन ल्याउने काम गर्‍यौ, त्यसकारण हामीलाई हटाइयो । हामी फेरि पनि धैर्यतापूर्ण ढङ्गले अहिलेको गठबन्धन तोड्छौ ।’

नेकपा एमाले बलिदान, जेलनेल भोगेर आएको भन्दै उनले यस पार्टीलाई जनताले अलमलमा नपरी साथ दिनुपर्ने बताए । ‘हतार गर्नु पनि हुँदैन । यो देश बनाउने कुरा हो । त्यही भएर हामीले मिसन २०८४ भनेका छौ । देश विकास गर्दै पुस्तौ पुस्ता अगाडि जाने हो ।’, ओलीले भने, ‘यो पार्टी मात्रै देशमा समृद्धि ल्याउन सक्छ, देश विकास गर्न सक्छ, जनताले विकासको बाटो देखाउन र सहयोगी भौतिक सामाजिक पूर्वाधार तयार गर्छ’।