• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

इन्डोनेसियाको चर्चमा आत्मघाती हमला, कम्तीमा १० जना घाइते



एजेन्सी । इन्डोनेसियाको एक चर्चमा आत्मघाती बम हमला गराइएको छ । माकासारस्थित एक क्याथोलिक चर्चमा आइतबार गराइएको उक्त आत्मघाती हमलामा कम्तीमा १० जना घाइते भएका छन् ।

इस्टरको पहिलो दिन आइतबार एक वा दुई जना आत्मघातीले स्थानीय समय अनुसार बिहान सवा १० बजेतिर प्रार्थनाबाट फर्किएका मानिसहरूलाई लक्षित गरी हमला गरेको बीबीसीले जनाएको छ ।

आक्रमणकारी मोटरसाइकलमा सवार भई चर्चमा आएको र चर्चभित्र पस्न खोजेको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार घटनास्थलमा शरीरका केही भागहरू देखिएका छन् । यी अंग  आक्रमणकारीका हुन् या अरूका हुन् भन्ने एकिन हुन नसकेको बताइएको छ ।