२३ जेष्ठ २०८३, शनिबार
,
Latest
परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशङ्करबीच नयाँ दिल्लीमा भेटवार्ता आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लामाटारको सामुदायिक विद्यालयका विद्यार्थीलाई बेबिलोन स्कुलको न्यानो लुगा उपहार



अ+ अ-

काठमाण्डौ। ब्रिटिस काउन्सिलबाट दुईपटक ‘इन्टरनेशनल स्कुल एवार्ड’ जितेको राजधानीको शान्तिनगरस्थित बेबिलोन नेशनल स्कुलले बिहीबार ललितपुर, लामाटारका दुईवटा सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो नयाँ लुगा उपहार दिएको छ ।

विद्यालयको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत महालक्ष्मी नगरपालिका वडा नं ९ लामाटारको ढुंगिनस्थित सिस्नेरी मावि र सोही वडाको सिस्नेरीस्थित श्रृंगेरी माविका सानो कक्षाका ८७ जना विद्यार्थीलाई बेबिलोन स्कुलले करीव एकलाख २५ हजार रुपैयाँ बराबरको नयाँ ट्रयाकसुट, टिसर्ट र स्विटर उपहार दिएको हो ।

वरिष्ठ पत्रकार बलराम प्यासीको पहल तथा सो वडाका अध्यक्ष जयकृष्ण बोगटीको समन्वयमा ती विद्यालयका विद्यार्थीलाई न्यानो लुगा दिइएको हो ।
बेबिलोनका कार्यक्रम निर्देशक टिकाप्रसाद सुवेदीको नेतृत्वमा कक्षा शिक्षिका अरुणा महर्जनसहित गएका ५ कक्षाका ३० जना विद्यार्थीले ती दुवै विद्यालयका प्राथमिक कक्षाका विद्यार्थीलाई ती न्यानो लुगा वितरण गरेका थिए ।

वडाध्यक्ष जयकृष्ण बोगटी तथा वडाका सबै वडा सदस्यहरुको उपस्थितिमा सिस्नेरी माविका ४१ र श्रृंगेरी माविका ४६ जना विद्यार्थीलाई हस्तान्तरण गरिएको थियो ।

वडाध्यक्ष बोगटीले जाडो मौसमको शुरुमै बेबिलोन स्कुलले साना विद्यार्थीलाई गुणस्तरीय न्यानो लुगा उपलव्ध गराएकोमा बेबिलोन स्कुलको प्रशंसा गरे ।
न्यानो लुगा हस्तान्तरण कार्यक्रममा वरिष्ठ पत्रकार बलराम प्यासीको साथै बेबिलोन स्कुलका कार्यक्रम निर्देशक टिकाप्रसाद सुवेदी, शिक्षक अभिभावक अध्यक्ष सोफिया सिंह ठकुरी, ढुंगिन टोल विकास समितिका अध्यक्ष कृष्णशरण पौडेल, वडा कार्यपालिका सदस्य सरीता पोखरेल र कुमार बयलकोटी तथा वडा सदस्यहरु शशिधर पोखरेल, रामकेशर थापा र बेली सुर्खेती सहभागी थिए ।

सिस्नेरी माविका प्रधानाध्यापक डा.चेतनाथ पन्त र शिक्षक दामोदर आचार्यले जाडोको मौसममा आफ्ना विद्यार्थीलाई न्यानो लुगा उपलब्ध गराएर उदाहरणीय काम गरेको भन्दै बेबिलोन स्कुल परिवारलाई धन्यवाद दिए ।

यसैगरि वडाध्यक्ष बोगटी र वडा सदस्यहरुको उपस्थितिमा श्रृंगेरी मावि सिस्नेरीका ४६ जना साना विद्यार्थीलाई पनि आजै ट्रयाकसुट, टिसर्ट र स्विटर उपहार हस्तान्तरण गरिएको छ ।

न्यानो लुगा उपलब्ध गराउने दाता बेबिलोन नेशनल स्कुल र हस्तान्तरण कार्यक्रममा उपस्थित भएका कार्यक्रम निर्देशक, शिक्षक तथा विद्यार्थीहरुलाई श्रृंगेरी माविकी प्रधानाध्यापक सुनिता छत्कुली र शिक्षक माधव चन्दले धन्यवाद दिए ।