३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशभर शुक्रबार र शनिबार वर्षा र हिमपातको सम्भावना



अ+ अ-

काठमाडौं । नेपालको आकासमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । यसका कारण शनिबारसम्म मौसम प्रभावित हुने भएको मौसम पूर्वानुमान महाशाखाको अनुमान छ।

यता काठमाडौंमा भने बिहीबार साँझदेखि नै अधिकांश ठाउँमा वर्षा र भएको छ । त्यसैगरी देशका अरु भागका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको थियो।सो महाशाखाले काठमाडौं उपत्यकामा बिहीबार साँझदेखि मध्यमस्तरको वर्षा भएको जनाएको छ । देशका कतिपय स्थानमा हल्का वर्षा जारी नै रहेको छ । 

काठमाडौंमा आज बिहान पनि मध्यम वर्षा भएको छ। देशका धेरै स्थानमा मेघ गर्जन, चट्याङ, असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।देशभर सामान्यदेखि पूर्ण बदली भई धेरै स्थानहरुमा मेघगर्जनरचटयाङ  सहित हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। देशका धेरै स्थानहरुमा मेघ गर्जनरचटयाङरअसिना  सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।उता गण्डकी तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

उक्त महाशाखाले जनाएअनुसार आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने देखिन्छ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघ गर्जन, असिना हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै सुदुरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ। देशका उच्च पहाडी तथा हिमाली भू(भागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ।

यस्तै शनिबार प्रदेश नम्बर १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहि अन्य प्रदेशमा आंशिक वदली रहनेछ।प्रदेश नम्बर १, मधेस प्रदेश, वागमती र गण्डकी प्रदेशका थोरै स्थानमा तथा अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। देशका पूर्वी तथा मध्य भूभागका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावनासमेत छ।

उक्त महाशाखाले शनिबार रातिसम्म देशभर आंशिक बदली भएर पानी पर्ने र त्यसपछि आइतबार बिहानसम्ममा मौसम सामान्यतया सफा रहनेछ। आज र भोलि शनिबार काठमाडौँको आकासमा घाम लाग्ने सम्भावना निकै न्यून रहेको बताइएको छ ।