९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन तीन हजारभन्दा बढीको मृत्यु



अ+ अ-

एजेन्सी । ब्राजिलमा शनिबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ । 
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँका ३ हजार ४३८ जना नागरिकको कोभिडको सङ्क्रमणबाट नै ज्यान गएको छ ।
 
ब्राजिलमा कोरोना महामारीका विरुद्धमा भएको तयारीस्वरुप पछिल्लो समयमा अस्पतालमा सेवा बढाइएको तथा खोपहरुको विस्तार गरिएको बताइए पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ । 

यहाँको स्वास्थ्य मन्त्रालयले शनिबार मात्र यति धेरै नागरिकको मृत्यु भएको जनाएको छ । योसँगै पछिल्लो समयमा ब्राजिलमा कोभिड १९ को सङ्क्रमण डरलाग्दो गरी बढेको पाइएको पनि सो मन्त्रालयले जनाएको हो ।
 
गएको शुक्रबार ३ हजार ६५० जनाको यो सङ्क्रमणबाट ज्यान गएको थियो । यो संख्या ब्राजिलमा कोभिड १९को महामारी शुरु भएको गत वर्षको फेब्रुअरी महिनापछिकै यो संख्या सबेभन्दा बढी हो । त्यसको दोस्रो दिन अर्थात् हिजो शनिबार पनि ठूलो संख्यामा यहाँका नागरिकको यो महामारीबाट ज्यान गएको बताइएको छ ।  

ब्राजिल कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको छ । यहाँ अहिलेसम्म ३ लाख १० हजार ५५० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

कोरोना भाइरसको सङ्क्रमणको कारण सबै भन्दा बढी अमेरिकामा मृत्यु भएको छ । त्यसपछि दोस्रो क्षति ब्राजिलमा नै पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । 
त्यस्तै शनिबार एकै दिनमा ब्राजिलमा थप करिब ८६ हजार नागरिक कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या १ करोड २४ लाख ९० हजार नाघेको पनि बताइएको छ ।