• ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
  •   Unicode
Logo
Latest
★   नेपाल प्रहरीका चार एसएसपी डिआइजी बढुवामा सिफारिस ★   गौतम गम्भीर भारतको मुख्य प्रशिक्षक बन्न लागेका हुन् ? ★   सत्तापक्ष पछि हट्दै, कांग्रेस पनि गल्दै, आज सहमतिको संकेत ★   गोरखामा पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मुत्यु ★   इन्टरपोलमार्फत युएईबाट पक्राउ परेका दुईजनालाई नेपाल ल्याइयो ★   लखनउ जितको बावजुद प्लेअफ दौडबाट बाहिर, मुम्बई लगातार दोस्रो सिजन पुछारमा रह्यो ★    गरिमा शर्मा र विमल अधिकारी रिटिङ रिटिङ मा ★   ‘ॐ’ ब्रह्माण्डीय आवाज ★   गृहले दियो अध्यागमन विभागलाई अधिकार, गैर आवासीय अध्ययन भिसा र भिसा दस्तुरमा छुट दिन सक्ने ★   नेपालमा पिस कोर रेस्पोन्स स्वयंसेवकको पहिलो समूहद्वारा शपथ ग्रहण

ब्राजिलमा कोरोना संक्रमणबाट एकैदिन तीन हजारभन्दा बढीको मृत्यु



एजेन्सी । ब्राजिलमा शनिबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ । 
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँका ३ हजार ४३८ जना नागरिकको कोभिडको सङ्क्रमणबाट नै ज्यान गएको छ ।
 
ब्राजिलमा कोरोना महामारीका विरुद्धमा भएको तयारीस्वरुप पछिल्लो समयमा अस्पतालमा सेवा बढाइएको तथा खोपहरुको विस्तार गरिएको बताइए पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ । 

यहाँको स्वास्थ्य मन्त्रालयले शनिबार मात्र यति धेरै नागरिकको मृत्यु भएको जनाएको छ । योसँगै पछिल्लो समयमा ब्राजिलमा कोभिड १९ को सङ्क्रमण डरलाग्दो गरी बढेको पाइएको पनि सो मन्त्रालयले जनाएको हो ।
 
गएको शुक्रबार ३ हजार ६५० जनाको यो सङ्क्रमणबाट ज्यान गएको थियो । यो संख्या ब्राजिलमा कोभिड १९को महामारी शुरु भएको गत वर्षको फेब्रुअरी महिनापछिकै यो संख्या सबेभन्दा बढी हो । त्यसको दोस्रो दिन अर्थात् हिजो शनिबार पनि ठूलो संख्यामा यहाँका नागरिकको यो महामारीबाट ज्यान गएको बताइएको छ ।  

ब्राजिल कोरोना भाइरस महामारीका कारण भएको मृत्युमा विश्वमा नै दोस्रो स्थानमा रहेको छ । यहाँ अहिलेसम्म ३ लाख १० हजार ५५० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

कोरोना भाइरसको सङ्क्रमणको कारण सबै भन्दा बढी अमेरिकामा मृत्यु भएको छ । त्यसपछि दोस्रो क्षति ब्राजिलमा नै पुगेको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । 
त्यस्तै शनिबार एकै दिनमा ब्राजिलमा थप करिब ८६ हजार नागरिक कोरोना भाइरस सङ्क्रमित देखिएका छन् । योसँगै अहिलेसम्म कोरोना संक्रमण हुनेको संख्या १ करोड २४ लाख ९० हजार नाघेको पनि बताइएको छ ।