९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल News Polar लगातार वर्षापछि तीन राजमार्गमा यातायात रोक, त्रिभुवन राजपथ सुचारु News Polar शाहको राष्ट्रसंघ सम्बोधनलाई योगेश भट्टराईले दिए सकारात्मक प्रतिक्रिया News Polar वर्षाको जोखिमलाई मध्यनजर गर्दै उच्च सतर्कतासहित तयारी अवस्थामा छौँः मन्त्री मेहता News Polar परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्री वोङबीच भेटवार्ता News Polar कालीगण्डकी करिडोर अवरुद्ध News Polar पहिरोले कान्ति लोकपथ अवरुद्ध News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

सन् २०२३ मा काममा मारिने पत्रकारको सङ्ख्या घट्यो– आरएसएफ

सन् २०२३ मा काममा मारिने पत्रकारको सङ्ख्या घट्यो– आरएसएफ
अ अ+ अ-

पेरिस । पछिल्लो दुई महिनामा गाजामा पत्रकारहरूको मृत्यु भए पनि यो वर्ष कामका क्रममा मारिने पत्रकारहरूको सङ्ख्यामा कमी आएको मिडिया वकालत समूह रिपोर्टर्स विदाउट बोडर्स (आरएसएफ) ले बिहीबार बताएको छ ।

आरएसएफको वार्षिक प्रतिवेदनअनुसार सन् २०२३ को पहिलो ११ महिनामा कामका क्रममा ४५ पत्रकार मारिएका छन् । यो आँकडा गत वर्ष ६१ थियो । ल्याटिन अमेरिकामा आएको ठूलो गिरावटका कारण सन् २००२ मा ३३ पत्रकारको मृत्युपछि यो वर्ष सबैभन्दा कम पत्रकार मारिएका छन् ।

अक्टोबर ७ मा इजराइल र इस्लामिक लडाकू समूह हमासबीच युद्ध सुरु भएपछि मध्यपूर्वमा करिब ६३ पत्रकार मारिएका छन् तर तीमध्ये १७ जना मात्रै आरएसएफको परिभाषामा परेका छन् ।

आरएसएफका महासचिव क्रिस्टोफर डेलोयरले एएफपीलाई भन्नुभयो, “यसले गाजा क्षेत्रको त्रासदीबाट टाढा राख्दैन तर हामीले नियमितरूपमा गिरावट देखिरहेका छौँ, सिरिया र इराकमा युद्धका कारण सन् २०१२ मा र फेरि सन् २०१३ मा मारिएका एक सय ४० पत्रकारहरूको तुलनामा यो धेरै टाढा छ ।”

उहाँका अनुसार यो गिरावट अन्तर–सरकारी सङ्गठनहरू र गैरसरकारी सङ्गठनहरूले दण्डहीनताविरुद्ध लड्ने प्रयासहरूका साथै स्वयं पत्रकारहरूले पुर्याएको अधिक ‘विवेकशीलता’ का कारण भएको हो ।

आरएसएफका अनुसार अक्टोबर ७ पछि मध्यपूर्वमा आफ्नो पेशा निर्वाह गर्ने क्रममा मारिएका १७ पत्रकारमध्ये १३ गाजामा इजराइली हमलामा मारिएका छन् भने तीन लेबनानमा र एक जना हमासद्वारा इजराइलमा मारिएका छन् । आरएसएफले यी मृत्युलाई लिएर ‘युद्ध अपराध’ का लागि अन्तर्राष्ट्रिय फौजदारी अदालतमा उजुरी दायर गरिएको नोभेम्बरमा बताएको थियो ।

अक्टोबर १३ मा रोयटर्सका क्यामेरामेन इस्साम अब्दुल्लाहको हत्या गर्न र एएफपीका फोटोग्राफर क्रिस्टिना एसीसहित अन्य छ जनालाई घाइते बनाउन इजराइली ट्याङ्कको हमला जिम्मेबार रहेको आफ्नो अनुसन्धानबाट थाहा भएको एएफपीले गत साता बताएको थियो ।

पत्रकारहरू दक्षिणी लेबनानमा ‘सक्रिय युद्ध क्षेत्र’ मा रहेको इजराइली सेनाका एक पत्रकारले बताएका छन् तर महासचिव डेलोयरले प्रवक्ताको जवाफ ‘सन्तोषजनक’ नभएको बताउनुभयो ।

युक्रेनमा युद्धका कारण सन् २०२३ मा दुई पत्रकारको ज्यान गएको छ । आरएसएफले भनेको छ, “मारिनेमा एक एएफपीका रिपोर्टर अरमान सोल्डिन थिए, उनी आफ्नै देशबाहिर ज्यान गुमाउने एकमात्र रिपोर्टर हुन् ।” सन् २०२२ मा द्वन्द्व सुरु भएपछि युक्रेन युद्धमा कूल ११ पत्रकार मारिएका छन् ।

ल्याटिन अमेरिकामा गिरावट
ल्याटिन अमेरिकामा मारिने पत्रकारहरूको सङ्ख्यामा तीव्र कमी आएको छ । त्यहाँ छ पत्रकारको हत्या भएको छ । सन् २०२२ मा २६ पत्रकार मारिएका थिए । मेक्सिकोमा मात्र यो सङ्ख्या गत वर्षको ११ बाट घटेर चारमा आएको छ । लगातार अपहरण र हमला भएको भन्दै आरएसएफले मेक्सिको पत्रकारहरूका लागि खतरनाक बनेको चेतावनी दिएको छ । विश्वभरमा बेपत्ता भएका ८४ पत्रकारमा करिब एक तिहाइ मेक्सिकाली रहेका छन् ।

सन् २०२२ मा कारागारमा रहेका पत्रकारहरूको सङ्ख्या पाँच सय ६९ बाट घटेर पाँच सय २१ भएको छ । चीन र म्यान्मापछि बेलारुस ‘विश्वका तीन सबैभन्दा ठूला कारागारमध्ये एक’ का रूपमा सामेल भएको छ । टर्कीए र इरानले बारम्बार पत्रकारहरूलाई कारागारमा हाल्ने गरेको प्रतिवेदनमा उल्लेख छ । कूल ५४ पत्रकारलाई बन्धक बनाइएको छ । यो सङ्ख्या सन् २०२२ मा ६५ थियो । रासस