• २९ बैशाख २०८१, शनिबार
  •      Sat May 11 2024
  •   Unicode
Logo
Latest
★   रवि लामिछानेको सहकारी ठगीको यथेष्ट प्रमाण छन्, सरकारी अड्डाहरु गएर केलाए हुन्छः गगन थापा ★   शिवसताक्षी नगरपालिकाका दुई खेलाडी एन्फा एकेडेमीमा छनोट ★   २२ महिनामा पनि बनेन दुई किमी सडक ★   सदनको अवरोध हटाउन अनौपचारिक संवाद थाल्दै नेताहरु ★   संसदीय छानबिन समिति नबन्दासम्म संसद् चल्न दिँदैनौँः नेता निधि ★   आईपीएलमा आजः प्लेअफबाट बाहिरिइसकेको मुम्बईसँग प्लेअफ पक्का गर्न कोलकाता भिड्दै ★   राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेनः अध्यक्ष ओली ★   राष्ट्रिय सहमति जुटाउन ढिला भइसक्योः प्रवक्ता सापकोटा ★   अब खेलकुदमा दौडिन्छ कर्णालीः मुख्यमन्त्री कँडेल ★   दशजना शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

१४ किलो सुन प्रकरणमा विमानस्थलका सरसफाइ सुपरभाइजर पक्राउ



काठमाडौँ । १४ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सरसफाइ सुपरभाइजर पक्राउ परेका छन् ।

घटनाबारे छानबिन गर्न सुपरभाइजरलाई नियन्त्रणमा लिईएको भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले जानकारी दिए ।

मङ्सिर २१ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुबईबाट ल्याईएको १४ किलो सुनसहित गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घले पक्रउ परेका थिए ।

चन्द्र घलेको बयानमा प्रहरीले सोहि दिन मीनबहादुर घलेलाई पनि प्रहरीले पक्राउ गरेको थियो । चन्द्र घलेले यसअघि पनि सुन ल्याउने गरेका प्रारम्भिक अनुसन्धानमा खुलेको छ । उनलेले दुबईबाट सुन ल्याउँदा एक पटकमा ६० हजार पाउने गरेको बताईएको छ ।

दुबईबाट ल्याएको सुन आगमन कक्षको डस्टबिनमा फालेर विमानस्थलबाट बाहिर ल्याउने गरिएको अनुसन्धानबाट खुलेको छ । डस्टबिनमार्फत सुन बाहिर ल्याउन ‘सेटिङ’ मा संलग्न रहेको देखिएपछि छानबिनको लागि सरसफाइ सुपरभाइजरलाई पक्राउ गरिएको हो ।

घटनाबारे छानबिन गर्न विमानस्थल भन्सार कार्यालयका उप–सचिव मणिराम पौडेलको नेतृत्वको समितिले छानबिन गरिरहेको छ ।