• २५ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 7 2024
  •   Unicode
Logo
Latest
★   चरनमा आधारित बाख्रापालन व्यवसायबाट मनग्य आम्दानी ★   रविमाथि सम्भवको गम्भीर आरोपः सहकारी ठगीको समाचार रोक्न नमान्दा बुवालाई पक्राउ गराइयो ★   नौ महिनामा विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ★   अमेरिकासँगको हारपछि शोएब अख्तरले भने – हामी जितको हकदार थिएनौँ ★   चामेमा जीर्ण काठेपुल हटाएर नयाँ बनाइँदै ★   सहकारी आन्दोलनलाई समाजवादी बाटोमा डोर्‍याउनुपर्छ: प्रधानमन्त्री ★   दूधमा आत्मनिर्भर बन्यो काभ्रे ★   श्रीमतीको हत्या गरी फरार रहेका नेपाली सेनाका अमल्दार पक्राउ ★   मधेश प्रदेशको मुख्यमन्त्रीमा सतिश सिंह नियुक्त ★   सुनको मूल्यमा दोस्रो दिन पनि नयाँ रेकर्ड, तोलाको कति पुग्यो?

एकैदिन दुई हजार आठ सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौँ । साता कारोबारको पहिलो दिनदेखि लगातार घट्दो क्रममा रहेको सुनको मूल्य आज बिहिबार बढेको छ । आज सुनको मूल्य एकैपटक प्रतितोला दुई हजार आठ सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख १८ हजार आठ सय रूपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार रूपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज तेजाबी सुन प्रतितोला एक लाख १८ हजार दुई सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । हिजो उक्त सुन प्रतितोला एक लाख १५ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५५ रुपैँयाले बढेर एक हजार चार सय ५५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।