९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar एसियाको उदाउँदो शताब्दीमा नेपाललाई आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ: परराष्ट्रमन्त्री News Polar नेपाल र नामिबियाबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar काउलेपानीको काखमा जीवित जलदेवीको विश्वास News Polar पहिरोले बिपी राजमार्ग अवरुद्ध News Polar धवलागिरि हिमाल आरोहण टोली फर्कियो News Polar दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु News Polar सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल News Polar बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक

पोल्याण्डको नयाँ प्रधानमन्त्रीमा डोनाल्ड टस्क

पोल्याण्डको नयाँ प्रधानमन्त्रीमा डोनाल्ड टस्क
Newly appointed Polish Prime Minister Donald Tusk speaks during a parliament session, in Warsaw, Poland December 12, 2023. REUTERS/Aleksandra Szmigiel
अ अ+ अ-

एजेन्सी । डोनाल्ड टस्कले पोल्याण्डको नयाँ प्रधानमन्त्रीको रुपमा शपथ ग्रहण गर्नुभएको छ ।

डोनाल्ड टस्कले बुधवार वार्सास्थित राष्ट्रपति भवनमा पोल्याण्डको प्रधानमन्त्रीका रूपमा शपथ ग्रहण गर्नुभएको हो । टस्कलाई सोमवार तथाकथित दोस्रो संवैधानिक चरणमा पोल्याण्डको संसदको तल्लो सदन सेज्मले प्रधानमन्त्रीको रूपमा निर्वाचित गरेको थियो । राष्ट्रपति डुडाले बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो ।

मंगलबार सेज्मले टस्कको मन्त्रिपरिषद्लाई विश्वासको मत दिएको थियो । उपप्रधानमन्त्री तथा रक्षामन्त्री व्लाडिस्लाव कोसिनियाक–कामिस्ज र उपप्रधानमन्त्री तथा डिजिटाइजेसन मन्त्री क्रिजिस्टोफ गावकोस्कीले पनि शपथ लिएका छन् । कुनै समय रक्षामन्त्री र परराष्ट्रमन्त्री भइसकेका राडोस्लाव सिकोर्सकीले फेरि परराष्ट्र मन्त्रालयको नेतृत्व गर्नेछन् । पूर्व लोकपाल एडम बोडनारले न्याय मन्त्रालय र अभियोजकको कार्यालयको नेतृत्व गर्नेछन् । मंगलवार संसदमा प्रमुख नीतिगत भाषणमा, टस्कले सार्वजनिक क्षेत्रको तलब बढाउने र वार्सा र ब्रसेल्सबीचको कानूनी शासन विवादका कारण रोकिएको युरोपेली संघबाट ५९.८ बिलियन युरो (६४.५ बिलियन अमेरिकी डलर) अनुदान र ऋणमा रोक लगाउने प्रतिवद्धता गर्नुभयो ।

६६ वर्षीय टस्क सन् २००७ देखि २०१४ सम्म पोल्याण्डको प्रधानमन्त्री र सन् २०१४ देखि २०१९ सम्म युरोपियन काउन्सिलको अध्यक्ष भइसक्नुभएको छ ।