४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो News Polar ‘सरकारले वातावरण बनाइदिए समयमै काम गर्न सकिन्छ–पूर्वाधार विकासलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्छ’ News Polar ‘मधेसलाई द्वन्द्वको मैदान बन्न दिँदैनौँ, समाज जोड्न मेची–महाकाली पदयात्रा गर्छु’- सांसद सिंह News Polar भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटिए News Polar सूर्य थापाले भने– ‘ओलीकै प्यानलबाट जितेकाले पुनर्गठन भन्न मिल्दैन News Polar एसियाली खेलकुदको पहिलो स्वर्ण जापानलाई, चीनकी १३ वर्षीया पौडीबाजको उत्कृष्ट प्रदर्शन News Polar संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान News Polar असोज ८–११ मा भीषण वर्षाको जोखिम, सजग रहन मौसमविद् उपाध्यायको आग्रह News Polar उपत्यकामा रात्रीकालीन बस सेवा विस्तार, ९ स्थानीय तह एकजुट News Polar परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar डिजिटल रूपान्तरण राष्ट्र निर्माणको परियोजना हो : सञ्चारमन्त्री तिमिल्सिना

संसद आक्रमणको २२ औं वर्षगाँठमै भारतको लोकसभामा हंगामा

संसद आक्रमणको २२ औं वर्षगाँठमै भारतको लोकसभामा हंगामा
अ+ अ-

एजेन्सी । भारतमा संसदमा भएको आतंकवादी हमलाको २२ औँ वर्षगाँठमा आगन्तुक ग्यालरीबाट अचानक दुई युवाले हाम फालेपछि सदनमा हंगामा मच्चिएको छ ।

त्यतिबेला भाजपा सांसद खगेन मुर्मुले लोकसभामा आफ्नो धारणा राख्दै थिए । उनीहरु सदनको बेन्चमा उफ्रन थाले । युवाले जुत्तामा स्प्रे लुकाएका थिए । बाहिर निकालेर स्प्रे गरे, जसका कारण संसदभित्र पहेँलो धुवाँ फैलिन थाल्यो ।

पुरै सदनमा अशान्तिको माहौल थियो । त्यसपछि सांसदहरुले उनलाई समातेका थिए । कांग्रेस सांसद गुरजित सिंह औजलाले भने, ‘मैले पहिले समातें । कतिपयले दुवैलाई कुटपिट समेत गरेका छन् ।’ त्यसपछि उनलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको थियो । यो देखेर सभामुखले संसदको बैठक दिउँसो सवा २ बजेसम्मका लागि स्थगित गरेका थिए ।

यसअघि सन् २००१ डिसेम्बर १३ मा पुरानो संसद भवनमा ५ आतङ्ककारीले आक्रमण गरेका थिए । जसमा दिल्लीका ५ प्रहरीसहित ९ जनाको मृत्यु भएको थियो ।

कारबाहीका क्रममा प्रवेश गर्ने दुई मध्ये एकको नाम सागर रहेको बताइएको छ । दुवै सांसद आगन्तुक पास लिएर सदनमा आएका थिए । त्यही समयमा एक पुरुष र एक महिलाले सनदबाहिर पहेंलो धुवाँ छोडे । उनीहरुको नाम अमोल र नीलम रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उनीहरुको साथबाट कुनै फोन वा झोला बरामद भएको छैन । बाहिरबाट पक्राउ परेका दुवैजना आफैं संसदमा पुगेको र कुनै पनि संगठनमा आबद्ध नभएको दाबी गरेका छन् ।

‘तानाशाही चल्दैन । संविधान बचाओ । मणिपुरलाई न्याय देउ । महिलामाथि हुने यातना जारी रहने छैन । भारत माता अमर हो । जय भीम, जय भारत ।’ निलमले नारा लगाइन् ।

यो घटना दिउँसो सवा १ बजेको हो । त्यसपछि दिउँसो २ बजे संसदको बैठक पुनः सुरु भएको थियो । लोकसभा अध्यक्ष ओम बिरलाले भने – ‘भर्खरै भएको घटना सबैको चिन्ताको विषय हो । यसको अनुसन्धान जारी छ । दिल्ली प्रहरीलाई पनि अनुसन्धान गर्न निर्देशन दिइएको छ । प्रारम्भिक अनुसन्धानमा यो सामान्य धुवाँ थियो । विस्तृत अनुसन्धानको नतिजाको बारेमा सबैलाई जानकारी दिइनेछ ।’