• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

संसद आक्रमणको २२ औं वर्षगाँठमै भारतको लोकसभामा हंगामा



एजेन्सी । भारतमा संसदमा भएको आतंकवादी हमलाको २२ औँ वर्षगाँठमा आगन्तुक ग्यालरीबाट अचानक दुई युवाले हाम फालेपछि सदनमा हंगामा मच्चिएको छ ।

त्यतिबेला भाजपा सांसद खगेन मुर्मुले लोकसभामा आफ्नो धारणा राख्दै थिए । उनीहरु सदनको बेन्चमा उफ्रन थाले । युवाले जुत्तामा स्प्रे लुकाएका थिए । बाहिर निकालेर स्प्रे गरे, जसका कारण संसदभित्र पहेँलो धुवाँ फैलिन थाल्यो ।

पुरै सदनमा अशान्तिको माहौल थियो । त्यसपछि सांसदहरुले उनलाई समातेका थिए । कांग्रेस सांसद गुरजित सिंह औजलाले भने, ‘मैले पहिले समातें । कतिपयले दुवैलाई कुटपिट समेत गरेका छन् ।’ त्यसपछि उनलाई सुरक्षाकर्मीको जिम्मा लगाइएको थियो । यो देखेर सभामुखले संसदको बैठक दिउँसो सवा २ बजेसम्मका लागि स्थगित गरेका थिए ।

यसअघि सन् २००१ डिसेम्बर १३ मा पुरानो संसद भवनमा ५ आतङ्ककारीले आक्रमण गरेका थिए । जसमा दिल्लीका ५ प्रहरीसहित ९ जनाको मृत्यु भएको थियो ।

कारबाहीका क्रममा प्रवेश गर्ने दुई मध्ये एकको नाम सागर रहेको बताइएको छ । दुवै सांसद आगन्तुक पास लिएर सदनमा आएका थिए । त्यही समयमा एक पुरुष र एक महिलाले सनदबाहिर पहेंलो धुवाँ छोडे । उनीहरुको नाम अमोल र नीलम रहेको भारतीय सञ्चारमाध्यमले जनाएको छ । उनीहरुको साथबाट कुनै फोन वा झोला बरामद भएको छैन । बाहिरबाट पक्राउ परेका दुवैजना आफैं संसदमा पुगेको र कुनै पनि संगठनमा आबद्ध नभएको दाबी गरेका छन् ।

‘तानाशाही चल्दैन । संविधान बचाओ । मणिपुरलाई न्याय देउ । महिलामाथि हुने यातना जारी रहने छैन । भारत माता अमर हो । जय भीम, जय भारत ।’ निलमले नारा लगाइन् ।

यो घटना दिउँसो सवा १ बजेको हो । त्यसपछि दिउँसो २ बजे संसदको बैठक पुनः सुरु भएको थियो । लोकसभा अध्यक्ष ओम बिरलाले भने – ‘भर्खरै भएको घटना सबैको चिन्ताको विषय हो । यसको अनुसन्धान जारी छ । दिल्ली प्रहरीलाई पनि अनुसन्धान गर्न निर्देशन दिइएको छ । प्रारम्भिक अनुसन्धानमा यो सामान्य धुवाँ थियो । विस्तृत अनुसन्धानको नतिजाको बारेमा सबैलाई जानकारी दिइनेछ ।’