काठमाडौँ । काठमाडौँको जोरपाटीमा पानिको बाल्टिनमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।
गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी बाहुनधारामा बस्नेअनेत्र बडूवालकी १९ महिनाकी छोरीको बाल्टिनमा डुबेर मृत्यु भएको हो ।
शौचालयमा रहेको बाल्टिनमा डुबेर विहोस भएकी उनको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । यस बारेमा आवश्यक अनुसन्धान भइरहेको छ।