काठमाडौ । काठमाडौँमा गएरातिदेखि सुरु भएको वर्षा अहिले पनि फाटपुट छ । काठमाडौँका कतिपय स्थानमा आज बिहान पनि वर्षा भएको छ । कतै हल्का आकास खुलेर घाम देखिए पनि यहाँका धेरै ठाउँमा बिहानैदेखि फाटफुट पानी परिरहेको छ ।

उता चन्द्रागिरि डाँडामा हिमपात भएको छ । आज बिहानैदेखि बाक्लो हिउँ पर्न थालेको हो । अहिले पनि हिमपात जारी रहेको चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेकविक्रम शाहले जानकारी दिनुभयो । यसपालि चन्द्रागिरिमा तेस्रो पटक हिउँ परेको हो । आज पनि काठमाडौँका अन्य डाँडाहरुमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले बिहानदेखि चन्द्रगिरिमा हिउँ खेल्ने मानिसहरु पुगिसकेका चन्द्रागिरि हिल्स लिमिटेडले जनाएको छ । त्यस्तै महाशाखाले आज देशैभरको मौसममा बदली भई वर्षा र हिमपात हुने जनाएको छ ।














