• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण ★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र

पाकिस्तानी सेनाको आधार शिविरमा आक्रमण: २३ जनाको मृत्यु



पाकिस्तान । पाकिस्तानी सेनाको आधार शिविरमा  मङ्गलबार भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।  आक्रमणको जिम्मेवारी पाकिस्तानी तालीवानले लिएको छ ।

परिचय नखुलाउने शर्तमा एकजना स्थानीय अधिकारीले अफगानिस्तानको सीमा नजिकै खैबर पख्तुन्ख्या प्रान्तको डेरा स्माइल खान जिल्लास्थित शिविरलाई लक्षित गर्दे बिहानको समयमा आक्रमण भएको बताएका छन् ।

उनका अनुसार सेनाहरू सुतिरहेको अवस्थामा आक्रमण भएकाले सेनाहरु सिभिल पोसाकमै थिए । अधिकांश मृतक सैन्य कर्मचारी भएको अनुमान गरिएको भए तापनि, मृतृककहरूको पहिचान खुल्ने क्रम जारी रहेको छ ।

विस्फोटक पदार्थले भरिएको गाडीले अस्थायी सैन्य आधारमा आक्रमण गराउदा अन्य २७ जना घाइते भएको समेत  बताइएको छ ।

विस्फोटको कारण शिविरका तीनवटा कोठा भत्किएका छन् भने भग्नावशेषबाट शव निकाल्ले कार्य भइरहेको छ । मृतकको सङ्ख्या बढ्ने आकँलन गरिएको छ ।

बिहानको २:३० मा हमला शुरु गरेको तालीवानसँग सम्बद्ध तेहरिक ए जिहाद समूहले जनाएको छ ।

सन् २०२१ मा तालिवान सत्तामा फर्किएदेखि पाकिस्तान – अफगानिस्तानका सीमा क्षेत्रमा आक्रमणमा वृद्धि भएको छ ।

अमेरिकी सेना फिर्ता भएदेखि छेमेकी विद्रोही उत्साहित भएको  विश्लेषकहरुले बताउदै आएका छन् । पकिस्तानी द्वन्द्व सुरक्षा अध्ययन संस्थाका अनुसार गत वर्ष तथा २०२३ को सुरुवाती चरणको तुलनामा पछिल्लो समयमा द्वन्द्व झण्डै ८० प्रतिशतले वृद्धि भएको देखिएको छ ।

इस्लामाबादले आक्रमणकारी समूह सीमापारीबाट परिचालित भएको आरोप लगाएको छ । यद्पि सो आरोप तालिबान सरकारले निरन्तर अस्वीकार गरिरहेको छ ।

घटना बारे पाकिस्तानी सेनाले भने अहिलेसम्म कुनै पनि प्रतिक्रिया दिएको छैन । रासस