• २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
  •   Unicode
Logo
Latest
★   ग्लोबल आइएमई बैंकका १६९ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, २० हजार बढीको सहभागिता ★   ताप्लेजुङमा ट्रयाक्टर दुर्घटना हुँदा विद्यार्थीको मृत्यु ★   च्याम्पियन्स लिगको फाइनलमा पुग्न रियल मड्रिड र बायर्न म्युनिख भिड्दै ★   सन्दीपको सफलताः फेसबुकमा १० लाख फलोअर्स हुने पहिलो नेपाली खेलाडी ★   मातातीर्थमा तिर्थालुको भीड- तस्बिरहरु ★   राजनीतिकर्मीले आफैँ विकास हुन्छ भनेर सन्तोष मान्नु हुँदैन: महामन्त्री थापा ★   संवैधानिक परिषद्को निर्णय सर्वसम्मतिले गर्नुपर्छ भन्नेमा अडिग छु: गृहमन्त्री लामिछाने ★   सामुदायिक विद्यालयमा व्यवस्थापनकै समस्या ★   चतराधाम कुम्भमेलामा आज अन्तिम शाही स्नान ★   मुस्ताङको चराङ–छोसेर सडक आयोजना अधुरो

चीनमा भेटियो ५३०० वर्ष पुरानो धानको बोट



बेइजिङ । पुरातत्वविद्हरुले चीनमा ५३०० वर्ष पुरानो धानको बोट फेला पारेका छन् । यो बोट भेटिएको ठाउँ हेमुडु संस्कृतिसँग सम्बन्धित छ। प्राचीन उन्नत सिँचाई प्रणाली र तल्लो यांग्जी नदी क्षेत्रसँग मानिसहरूको कनेक्टिभिटीको प्रमाण पनि उक्त क्षेत्रमा पत्ता लगाइएको छ।

चिनियाँ इतिहासमा यसलाई ठूलो खोज मानिएको छ । निङ्बो म्युनिसिपल रिसर्च एकेडेमी अफ कल्चरल हेरिटेज म्यानेजमेन्टको प्रतिवेदनअनुसार यो धान रोप्ने क्षेत्र करिब एक हजार वर्गमिटरमा फैलिएको छ । उक्त खोज नियोलिथिक हेमुडु संस्कृति क्षेत्रको केन्द्रमा भएको हो । यो प्राचीन समयमा मानव गतिविधिको प्रमुख स्थल थियो । उत्खननका क्रममा पुरातत्वविद्हरूले तीन चुचुरा, नौ वटा खाडल, धान र झारका निशानहरू फेला पारेका थिए। उनीहरुले सिँचाइ, निकास प्रणाली र धान खेतलाई छिमेकी घरहरूमा जोड्ने बाटो पनि पत्ता लगाएका थिए।

उक्त ठाउँमा पाइएको सिँचाइ प्रणाली देखेर वैज्ञानिकहरु छक्क परेका छन् । अध्ययनले वरपरका चुचुराहरू र खाडलहरू वरिपरि गरिएको निर्माणबाट क्रेटर बनेको देखाएको छ। उक्त खोजले धान खेतीको एक पुरानो प्रणाली उजागर गरेको पुरातत्वविद्हरुले विश्वास गरेका छन् । खोजले उक्त क्षेत्रको मैदानहरूमा प्रचलित प्राचीन कृषि प्रविधिबारे महत्त्वपूर्ण जानकारी प्रदान गरेको छ।

हेमुडु संस्कृति निङ्बोको हेमुडु बस्तीमा विकसित भएको थियो। यो धान खेतीको प्रगति र अद्वितीय अग्ला भवनहरुका लागि प्रसिद्ध एक प्राचीन सभ्यता थियो । यो संस्कृति तल्लो यांग्त्जे नदी क्षेत्रमा फस्टाएको थियो।

हेमुडु क्षेत्र नजिकै सियाओ भग्नावेशषहरुमा रहेको यो प्रागऐतिहासिक धान खेतीले करिब नौ लाख वर्गमिटर क्षेत्र ओगटेको छ । अहिले सोमध्ये सात हजार वर्गमिटरको उत्खनन भइरहेको छ ।

एजेन्सीको सहयोग